तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ ,महोत्सवलाई मुख्य प्रायोजन गर्ने

Headlines पर्यटन समाचार

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ ।

टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो ।

मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका थिए ।

सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिए । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको उनले बताए । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको उनले बताए ।

आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताएका थिए । महोत्सव सम्पन्न गर्न साथ दिएकोमा बीवाईडीलाई केन्द्रको तर्फबाट उनले धन्यवाद समेत दिए । ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए ।

१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुने संस्कृतिक उपसमिति संयोजक बसन्त बास्तोलाले बताए ।

यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान रहनेछन् । महोत्सव स्थलमा व्यापारिक स्टल, रेष्टुरेन्ट, वाल उद्यान निमार्णको काम धमाधम भै रहेको छ । महोत्सवमा एक सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।