अझै भेटिएनन् मर्दिखोलाले बगाएका सन्जित गुरुङ

Headlines समाचार

हेमजा । पर्वत जिल्ला मोदी गाउँपालिका १ ताङले्का सन्जित गुरुङ श्रावण १३ गते मर्दीसेति दोभानमा माछा मार्ने क्रममा चिप्लिएर लडन पुगे । चिप्लिएर लडेका गुरुङलाई मर्दीसेती दोभानको बर्खे भेल्ले  उठ्न दिए । सेती किनारमा मजदुरी गरी रहेकी एक प्रत्यक्षदर्शी अनुसार उनी लड्दा छाती तथा टाउकोमा चोट लागेको हुन सक्ने उनको भनाई छ । हात दिएर बचाउन प्रयास त गरे तर सकिन । करिब २०० मिटर तल सम्म आफ्नै आँखा अगाडी बगाएको झलझली देखेको उनी बत्ताउँछिन् ।  त्यस पछि गाउँलेलाई खबर गरेको उनको भनाई छ ।

त्यस पच्छात उनका साथीभाइ, स्थानीयहरू,आफन्त साथै प्रशासनको उपस्थितिमा खोजी कार्य भयो तर कुनै अत्वपत्व भएन । दोस्रो दिन देखि  सशस्त्र प्रहरीको  गोताखोरको साहायतामा सम्भावित ठाउँहरूमा खोजिलाई निरन्तरता दिँदा समेत आजका दिन सम्म उनको कुनै अत्वपत्व हुन नसकेको परिवार श्रोतले मर्दीसेति डटकमलाई जानकारी गराएको छ ।

पर्वत जिल्ला मोदी गाउँपालिका १ ताङले् निवासी बुवा कुलमान गुरुङ र आमा लक्ष्मी गुरुङको कोखबाट जन्म लिएका सन्जित गुरुङले विगत केही वर्ष देखि श्रीमती पुनम गुरुङको साथमा  माछापुच्छ्रे« गाउँपालिका –४,लाहाचोकमा अवस्थित मर्दीबजारमा  मिरेन खाजा घर सञ्चालन गर्दै आएका थिए । गुरुङको १ छोरा १ छोरी गरी दुई सन्तान छन् ।