माघ ८, हमेजा । कास्की माछापुच्छ्रे गाउँपालिका निवृत्त शिक्षक समुदायको आयोजनामा माछापुच्छ्रे गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी ११ वटा माध्यमिक विद्यालय बाट बराह मा.बिकी आषिका परियार प्रथम, सागर मेमोरियलकी दीक्षा भण्डारी द्धितिय,शुक्ता गण्डकी मा.विकी विविषा पोख्रेल तृतीय र भूमेश्वर मा.विकी समीक्षा परियारले सान्त्वना पुरस्कार हात पारिन ।
गाउँपालिका अध्यक्ष मीन ब.गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको विशेष अतिथि शिक्षा शाखा प्रखुख सम्झना पोख्रेल र अध्यक्षता निवृत्त शिक्षक समुदायका अध्यक्ष जयलाल दवाडीले गर्नुभएको थियो ।
