एनआरएनए अष्ट्रेलियामा पोखराका भुवन तिमिल्सिना राष्ट्रिय कार्यसमिति सदस्य निर्वाचित

समाचार

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि भएको निर्वाचनमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) बाट राष्ट्रिय कार्यसमिति सदस्य पदमा पोखराका भुवन तिमिल्सिनासहित तीन जना निर्वाचित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यसमिति (NCC) २०२५–२०२७ को लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। निर्वाचन परिणाम अनुसार, अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) राज्यको प्रतिनिधित्व गर्दै तीन जना राष्ट्रिय कार्यसमिति सदस्य पदमा विजयी भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, जनक राज पौडेलले ६,७३८ मत, भुवन तिमिल्सिनाले ६,७०४ मत तथा सुमन भट्टराईले ६,४३९ मत प्राप्त गरी राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवारहरूमध्ये पौडेलले सर्वाधिक मत प्राप्त गरेका हुन् भने कास्कीको पोखराका स्थायी बासिन्दा भुवन तिमिल्सिना दोस्रो स्थानमा रहँदै विजयी भएका छन्।

लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय रहँदै आएका तिमिल्सिनाको विजयले पोखरेली समुदायमा खुसियाली छाएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी तीनै जनालाई विभिन्न सामाजिक सञ्जाल तथा नेपाली समुदायबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ। उनीहरूले आगामी दुई वर्षका लागि एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिमा रहेर एसिटीका नेपालीहरुको प्रतिनिधित्व गर्नेछन्।