कास्की माछापुच्छ्रे गाउँपालिकाले ग¥यो शैक्षिक प्रदर्शनी कार्यक्रम 

शिक्षा

हेमजा । कास्की माछापुच्छ्रे« गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा राइट फर चिल्डे«नको समन्वयमा पालिका स्तरीय बृहत् शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सञ्चालन भएको छ । जेष्ठ २९ र ३० गते गरी दुई दिन चल्ने कार्यक्रममा विहिवार पालिका भित्रका सामुदायिक विधालयका विध्यर्थी तथा शिक्षहरु द्धारा निमार्ण गरिएको विभिन्न विज्ञान, प्रविधि, गणित, सामाजिक, सांस्कृतिक र हस्तकला लगायतका शैक्षिक सामाग्री प्रदर्शनी गरिएको छ ।

बिहीबार माछापुच्छ्रे गाउँपालिका वडा १,२,३,४ र ६ का वडामा  केन्द्र तोकिएका शारदा मा.वि,माछापुच्छ्रे« मा.वि,शुक्लागण्की मा.वि, र महेन्द्र मा.वि र बराह मा.विले प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । उक्त विद्यालयहरूका  परिसर हेर्दा दुलही जस्तै श्रिङगारिका थिए । झट्ट हेर्दा कुनै मेला महोत्सवमा गए जस्ता देखिने विद्यालय परिसरमा विध्यर्थी तथा शिक्षहरु द्धारा निमार्ण गरिएका विभिन्न विज्ञान, प्रविधि, गणित, सामाजिक, सांस्कृतिक र हस्तकला लगायतका विभिन्न सामाग्रीहरू प्रदर्शनमा राखेका थिए । शुक्रवार  वडा न. ५, ७, ८, ९ मा रहेका पृथ्वीनारण मा.वि,निष्पक्ष मा.वि,तारे बराह मा.वि र गौरीशङ्कर मनीलाल मा.बिमा शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रमले निरन्तरता पाउनेछ ।

प्रदर्शनीका सामाग्रीहरूको अवलोकन पश्चात् गाउँपालिका अध्यक्ष मीन ब.गुरुङले यस्ता समाग्रीहरुले उनीहरूको सृजनशीलता बढाउने र निर्मित ती सामग्राीहरुको प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सकिनेमा जोड दिए ।

उपाध्यक्ष सिता अधिकारीले विद्यालयमा सिकाइएका कुराहरूलाई शैक्षिक सामाग्री निर्माण गरी प्रदर्शन गर्दा यसले माछापुच्छ्रे« गाउँपालिकाको शैक्षिक अभियानमा एक फड्को मार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले वर्षभरि सिकेका, जानेका विषयमा उनीहरुलेको प्रत्यक्ष उपस्थितिमा शैक्षिक सामाग्री बनाउन सक्नुन र पढेका कुरा हेरेरै सिकुन् भन्ने उदेशयले कार्यक्रमको  सुरुवात गरेका बताइन । यो सुरुवति हो यस कार्यक्रमबाट घेरै अनुभव लिने अवसर मिलेको छ । यो अनुभवले आगामिदिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्ने छ भन्ने आफु ढुक्क रहेको बताइन । प्रदशनीमा प्रथम, द्धितिय र तृतीय र सान्त्वना पुरस्कार खाएिको छ । जसमा क्रमशः रु २५, २०, १५ र १० प्राप्त गर्नेछन् ।

राइट फर चिल्डे«न प्रतिनिधि अप्सरा गुरुङले विद्यालय र विद्यार्थीको शैक्षिक सामाग्री निमार्णको मेहनत निकै राम्रो भएको बताइन । राइट फर चिल्डे«नको सहकार्य निरन्तर रहने पनि उल्लेख गरिन ।

प्रदर्शनीमा पालिका अध्यक्ष, उपाध्यक्ष, पालिका अन्तरगतका विभिन्न वडाका अध्यक्षहरू,गाउँ शिक्षा समिति,वडा शिक्षा समिति,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक सघं, अभिभावक, विद्यार्थी एवं स्थानीयहरूको घुइँचो देखिन्थ्यो । पालिका  अध्यक्ष देखि सरोकारवालहरू शिक्षक तथा विद्यार्थीहरूले बनाएका विभिन्न विषयका शैक्षिक सामाग्री हेरेर दंग देखिन्थे।