माछापुच्छ्रे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्धारा आषाढ ५ गते बिहिवार आयोजित कार्यक्रममा आ.व.२०८१÷०८२ का लागी शिक्षकको क्षमता अभिवृद्धिका लागि पर्याप्त मात्रामा शैक्षिक सामाग्री निर्माण गरी कक्षा कोठामा जानसक्नुपर्छ यसका लागि शैक्षिक सामाग्री आवश्यकता पर्दछ ।
सोही बिषयलाई मध्यनजर गर्दै जेठ २९ र ३० गते माछापुच्छ्रे गाउँपालिकाको ९ वटै वडामा १÷१ केन्द्र मानेर शैक्षिक सामाग्री प्रदर्शनी भएको थियो । सो प्रर्दशनीमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना (दुईवटा केन्द्र) गरी क्रमशः माछापुच्छ्रे मावि(२, शारदा मावि, बराहा मावि, महेन्द्र मावि र तारे बराहा माविलाई क्रमश रु २५ हजार, २० हजार, १५ हजार, १० हजार÷१० हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।
गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी, छनोट समितिका संयोजक गोबिन्द प्रसाद आधिकारी, सदस्यहरु शिक्षा शाखा प्रमुख सम्झना पोख्रेल, नर बहादुर गुरुङ, विभिन्न विद्यालयका प्राचार्यहरु तथा शिक्षकहरु सहितको उपस्थितिमा पुरस्कृत गरिएको थियो ।
छनौट समितिका संयोजक गोबिन्द प्रसाद अधिकारीले विद्यालय छनोट गाह्रो भएको बताउनुहुदै सबै बिद्यालयले मिहेनतका साथ सामाग्री निर्माण गरी प्रदर्शन गर्नुभएको र सामाग्रीहरु अत्यन्तै सान्दर्भिक रहेको बताउनुभयो ।
सो अवसरमा प्रथम स्थान प्राप्त गर्ने केन्द्र एवं माछापुच्छ्रे माबि का प्राचार्य सन्तोष आचार्यले माछापुच्छ्रे गाउँपालिकाले बिद्यालय र बिद्यार्थीको सिकाईलाई बृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रमले हाम्रो मनोबल उच्च बनाएको र अब यस कार्यक्रमलाई सफल पार्न बिद्यालयको नजितामा बृद्धि हुनुपर्ने र बिद्यार्थीको सिकाई जिवन उपयोगी हुनुपर्नेछ जसले पालिकाको लगानि सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई थियो ।
शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले हरेक बिद्यालय शैक्षिक सामाग्रीमय हुनुपर्ने र प्रअहरु बाट र पालिकाबाट यस कार्यक्रमको आयोजना गर्नुपर्ने महशुस गरेर गरिएको बताउनुहुदै यसका लागी पालिका बोर्डप्रति खुसी व्यक्त गर्दै कार्यक्रममा सहयोग गर्ने राइट फर चिल्ड्रेन प्रति धन्यबाद दिनुभयो ।
गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले पालिकाले शिक्षामा लगानी वृद्धि गरेको र आगामी दिनमा थप वृद्धि गर्ने र शिक्षक, शिक्षा, विद्यार्र्थी र बिद्यालयको उन्नत सिकाई र बिद्यालयको आवश्यकतामा कुनै कसर बाकी नराखिने बताउदै शिक्षकहरुले त्यसको प्रतिफल देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ५ वटा विद्यालयका लागी ल्यापटप, प्रिन्टर समेत बितरण गरिएको थियो ।
प्रशासकीय प्रमुख केशव प्रसाद सुबेदीको अध्यक्षतमा भएको सो कार्यक्रममा उहाँले पालिकाको प्रगति भनेकै शिक्षा र स्वास्थ्यमा लगानी गरी जनतालाई स्वच्छ र शिक्षित बनाउनु रहेको बताउनुभयो ।
शिक्षकहरुका लागि सुचना प्रविधि तथा क्षमता बिकास सम्बन्धि ५ दिने तालिम कार्यक्रमको शुभारम्भ ,कार्यक्रम असार ९ गतेसम्म चल्ने छ ।

