हेमजा युनाईटेडले ग¥यो विद्यालयहरूमा स्यानीटरी प्याड वितरण

समाचार

 

पोखरा २५ हेमजामा स्थापित हेमजा युनाईटेडले विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको छ । सोमवार युनाइटेडको वार्षिक क्यालेन्डर अनुरुप हेमजा भित्र रहेका ७
वटा माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याड वितरण गरेका हो । हेमजामा रहेको गौरीशंकर मा.वि, विष्णुपादुका मा.वि र अम्विका मा.वि गरि ३ सामुदायिक र स्नो भ्यु बोर्डिङ्ग स्कुल, धवलागिरि बोर्डिङ्ग स्कुल र ज्ञानसागर एकेडेमी,हेमजा बोर्डिङ स्कुल गरि ४ वटा स्थागत विद्यालयमा वितरण गरेको छ ।

महिलाहरूको महिनावारी प्राकृतिक प्रक्रिया हो र स्वस्थ जीवनयापनको लागि महिलाहरूले “मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने नारा अनुरुप कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी सेनिटरी प्याड वितरण गरिएको हेमजा युनाईटेडे कार्य समिति सदस्य एवं कार्यक्रम संयोजक सिता नेपालीले जानकारी दिनुभयो । साथै सम्बन्धीत विद्यायलको स्यानीटरी प्याड फोकल पर्सनलाई विद्यालयका प्राचार्य साथै शिक्षकm, विद्यार्थीको विच वितरण गरियो समेत उल्लेख गर्नुभयो ।

बार्षिक क्यालेन्डर अनुरुप जेठ १२ गते तालिका छ यद्धपी हालै सम्पन्न जेष्ठ १० देखि १७ सम्म सञ्चालन भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताका कारण मिति संसोधन भै २६ गते तय गरिएको र सो अनुरुप कार्यक्रम  सम्पन्न भएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिनु्भयो ।