नेपाल बुद्धिजीवी परिषद् माछापुच्छ्रेको शपथ ग्रहण, पदस्थापन तथा अन्तरक्रियात्मक कार्यक्रम

समाचार

नेपाल बुद्धिजीवी परिषद् माछापुच्छ्रेको शपथ ग्रहण पदस्थापन तथा अन्तरक्रियात्मक कार्यक्रम शनिवार सम्पन्न भएको छ । परिषद्का अध्यक्ष श्री लीलाधर अधिकारीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् जिल्ला कमिटी कास्कीका अध्यक्ष डाक्टर नगेन्द्र भण्डारी प्रमुख अतिथियता रहेको थियो  ।


कार्यक्रममा विशेष अतिथिको रूपमा जिल्ला कमिटी कास्कीका उपसचिव लालबहादुर परियार तथा माछापुच्छ्रे भूगोलभित्रका जिल्ला कमिटीका अन्य पदाधिकारी एवं सदस्यहरू सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् माछापुच्छ्रे गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्नुभएको छ। साथै माछापुच्छ्रे गाउँपालिका मा आर्थिक विकास का सम्भावना र चुनौतीहरू विषयमा अन्तरक्रिया कमिटीका उपसचिव श्री सुशील अधिकारीले प्रस्तुत गर्नुभएको थियो।

 अन्तरक्रियामा माछापुच्छ्रे गाउँपालिका पर्यटन कृषि तथा जलविद्युत क्षेत्रलाई व्यवस्थित गरी लैजान सकेमा पालिकाले आर्थिक विकासमा फड्को मारी पालिका बासी को जीवनस्तरमा सुधार गर्न सकिने निष्कर्ष निकालिएको थियो।साथै अन्य वक्ताहरूले पनि आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

माछापुच्छ्रे गाउँपालिकाको सम्पूर्ण भूगोललाई समेट्ने गरी १५ सदस्य पालिका कमिटीको शपथ ग्रहण भएको उक्त कार्यक्रमको सञ्चालन कमिटीका सचिव श्री तारा अधिकारीले गर्नुभएको थियो।