कास्की बचत तथा ऋण सहकारी संघ द्वारा आयोजित सहकारीमा सफलताको रहस्य विषयक कार्यक्रम सम्पन्न गरेको छ । हाल सहकारी संस्थामा देखिएको विसङ्गति र बिकृतीलाई कसरी समाधान गरी संस्थालाई समुदायको विश्वासिलो जबाफदेही सफल संस्था बनाउन सकिन्छ भन्नेबारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षक एवं सहजकर्ता बचत संघका सल्लाहकार पूर्व अध्यक्ष श्री भीम गुरुइ्गले सहकारीमा सफलताको रहस्य विषयक कार्यक्रममा सफल सहकारीका सफल व्यक्तिहरूका सङ्घर्षका साथै उनीहरूको निरन्तर प्रयास, असफलता नै सफलताको प्रतीक हो भन्ने सोचका साथ कार्य गर्दा सफल हुन सकिन्छ, साथै सहकारी अध्यादेश, फिट फर प्रपर टेस्ट, सम्पति शुध्दिकरण लगायतका विषयमा केन्द्रित रहेर प्रशिक्षण गर्नु भएको थियो ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवं संघका सल्लाहकार रबी रमण तिवारीले शुभकामना मन्तव्य राख्दै भन्नुभयो सहकारी नीति ,नियम, निर्देशिकाको पुर्णपरीपालन गर्नु हामि सहकारीकर्मिको कर्तब्य हो । यदी सहकारीका कानुनहरूको परिपालन नगरी आफूखुसी मनोमानी गर्ने संचलक, कर्मचारी र शेयर सदस्यहरु पनि कानूनी कठाघरमा उभिनु पर्ने जनाउनु भयो । नि वर्तमान अध्यक्ष भेषराज बरालले संघलेआफ्नो सदस्य संस्थाहरूलाई यस्तै प्रशिक्षण, तालिम, गोष्ठीको आयोजना गरी सदस्यहरूलाई सक्षम र सफल सहकारी संस्था निर्माणमा योगदान पु(याउनु पर्नेमा जोड दिनु भयो ।
सहकारीका संचालक एवं कर्मचारीहरू गरी ३५ सहकारी संस्थाका ४४ जना सहभागी रहेको कार्यक्रममा सघका पूर्व अध्यक्ष सुदिप ढकाल, लेखा संयोजक केशब प्रसाद ढकाल, म्यनेजर क्लवका अध्यक्ष मोहन प्रसाद अधिकारी लगायत संघका संचालक कल्पना श्रेष्ठ, मेनका पौडेल, किरण अधिकारी र संघको ब्यवस्थापक इन्दिरा कार्की थापा लगायतको उपस्थिती रहेको थियो ।सहभागीको तर्फबाट बोल्दै रिट्ठेपानि साकोसका राम प्रसाद अधिकारीले संघले आगामी दिनमा यस्तै उपलब्धि मूलक कार्यक्रमहरूको आयोजना गरोस् भन्दै आजको कार्यक्रमबाट धेरै ज्ञान सिकेकोले आफ्नो संस्थामा लागु गर्न प्रयत्न गर्ने बताउनु भयो, यसरी नै पुईमे साकोसको तर्फबाट संगिता अधिकारीले पनि आजको कार्यक्रमबाट निकै प्रभावित भएको भन्दै खुसी ब्यक्त गर्नु भयो ।
बचत संघका अध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी धन्यवाद कोषाध्यक्ष केशव शरण पौडेलले र सञ्चालन सचिव मिनराज तिम्सिनाले गरेका थिए ।

