देवीस्थान भजन समूहको १२ ओैँ साधारण सभा

समाचार

देवीस्थान भजन समूह पोखरा २५ हेमजाको १२ ओैँ साधारण सभा तथा रमाइलो वनभोज कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ ।

जमुना अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेमप्रसाद अधिकारी, शिव बराल, दानबहादुर थापा, हरिबलब पौडेल, कलाकार अंकित तिमिल्सिना र एलिसा कुँवरले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सचिव झकंनाथ तिमिल्सिनाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष यान बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सभाले पारित गर्‍यो । कार्यक्रममा विभिन्न कलाकारलाई सम्मान गरिएको थियो ।

समूहका अध्यक्ष भरतचन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष
बुद्धदेवी कुँवरले र सञ्चालन सचिव झकंनाथ तिमिल्सिनाले गर्नु भएको थियो  ।