कास्की बचत तथा ऋण सहकारी संघ द्धारा आयोजित दुई दिवसीय जोखिम व्यवस्थापन सम्बन्धी तालिम सोमवार सम्पन्न भएको छ । कार्यक्रम यँहि फागुन ४ र ५ गते गरी दुई दिन सञ्चालन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दीपकराज बास्तोलाले सहकारी संस्थाहरूले जोखिमको पहिचान गरी जोखिम न्यनिकरण गर्न तर्फ सजक र सचेत रहन आग्रह गर्नुभयो । बास्तोलाले,“जोखीम सबै व्यवसायमा छ,सहकारी क्षेत्रमा अल्लि बढी भएको जनमानसमा जुन भ्रम श्रृजना भएको छ,सो अनुरूपको जोखिम यर्थातमा नभएको बताए ।
सघंका पुर्व अध्यक्ष एवं सल्लाहकार सुदीप ढकालले संस्थामा जोखिम जुनसुकै समयमा आउन सक्छ भन्ने उद्देश्यले सदस्य संस्थाहरूलाई समय समयमा प्रशिक्षण,तालिम तथा गोष्ठीको आयोजना गर्दै संस्थागत क्षमता बृध्दिका साथै संस्थागत नेतृत्व विकास गरी संस्थालाई सक्षम बनाउने मुख्य ध्यये हो । त्यसैले संस्थाहरू संघको हरेक कार्यक्रम तथा गतिविधिहरूमा सक्रिय रुपमा सहभागिता दनाउनु पर्नेमा जोड दिए ।
दुई दिवसीय कार्यक्रमको सहजकर्ता वरिष्ठ प्रशिक्षक कुवेर निरौलाले गर्नुभएको हो । सहभागी सदस्हरुको प्रतिनिधित्व गर्दै कलम साकोसका अध्यक्ष मनोहरी सापकोटाले तालिम बाट निकै प्रभावित भएको र संस्थामा आवश्यक पर्ने ज्ञान हासिल गरेको भन्दै आगामी दिनमा पनि संघले यस्ता प्रभावकारी तालिमलाई निरन्तरता दिनु पर्ने धारण व्यक्त गरे ।
महिला सहभागीको तर्फबाट महालक्ष्मी आर्थिक साकोसको ऋण अधिकृत सुमन श्रेष्ठले यस्ता तालिमले संस्थागत क्षमताको अभिवृध्दि गरी जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पल्स, ऋण लगनिमा जोखिम अध्यान, नीति नियम र कार्यबिधी निर्माण जस्ता विषयलाई पनि आगामी दिनको तालिमको सूचिमा राख्न आग्रह गर्नुभयो ।
शेर बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी का सात सिद्धान्त सञ्चालक मेनका पौडेलले, स्वागत उपाध्यक्ष ईश्वर प्रसाद सुवेदीले र सञ्चालन सचिव मिनराज तिमल्सिनाले गरेका थिए ।


