हेमजा,कास्की । पोखरा महानगरपालिका वडा न.२५ हेमजामा स्थापित नेवा : खेल हेमजाले छैठौैं वार्षिक साधारण सभा तथा गुठी पुजा आईतवार सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एवं वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले हरेक समुदायले आफ्नो भाषा, संस्कृति, रितिरिवाजको संरक्षण, प्रवद्र्धन सगैं पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । वडा भित्र रहेका विभिन्न समुदायको संस्कृतिको संरक्षण संगै,विकासका काममा वडा सधै साथमा रहेको समेत उल्लेख गर्नुभयो ।
आयोजित साधारणसभामा नेवा खल कास्कीका बरिष्ठ उपाध्यक्ष तिर्थ श्रेष्ठले हरेक समुदायले अग्रजहरु बाट आफ्नो समुदायको भाषा, संस्कृति, र सिपको ज्ञान लिन आवस्यक रहेको बताउनु भयो । आवस्यक सल्लाह, सुझाव र सहयोगको लागि नेवा कास्की साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मिस पूच कास्की अध्यक्ष संगिता बज्राचार्य, नेवाः ल्याम्ह पुच कास्कीको अध्यक्ष बिनित जोजिजु, गण्डकी प्रज्ञा प्रतिष्ठिन सदस्य कृष्ण पौडेल, सल्लाहकार भिम प्रसाद श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ, र आजिवन सदस्य चन्द्रमान श्रेष्ठ लगायतले आ–आफ्नो ठाउँबाट नेवा खल हेमजालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष ,सचिव तथा कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले,“ आगामि दिनमा नेवा खल हेमजाको आफ्नै भवन निर्माण गर्ने उदेस्य रहेको बताउदै, सबैमा सहयोगका लागि आवहान गरे ।
कार्यक्रममा मोनिका श्रेष्ठ र आकृृति श्रेष्ठल स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष कृष्ण मान श्रेष्ठले र संचालन सचिव सन्तमान श्रेष्ठले गर्नुभयो ।


