माघ ७,हेमजा । नेफ्स्कुनको आयोजन तथा कास्की बचत तथा ऋण सहकारी सघंको ब्यवस्थापनमा एक दिवयि ब्यवसाय प्रवर्ध्दन तथा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बचत संघका अध्यक्ष शेर बहादुर कार्कीले सहकारी संस्थाहरु निति,विधि र प्रविधि युक्त मात्र नभई संचालकहरु प्रशिक्षित र तालिम प्राप्त हुनुपर्नेमा जोड दिनु भयो । संचालक र व्यवस्थापन पक्ष पनि संघहरुले आयोजना गरेका विभिन्न कार्यक्रहरुमा सक्रिय रुपमा सहभागि हुदा संस्था सञ्चालनमा थप टेवा पुग्ने विश्वस व्यक्त गर्नुभयो ।
नेफ्स्कुन संचालक एवं सदस्य सेवा प्रमुख कमला गिरिको अध्यक्षतामा सम्पनन भएको कार्यक्रमको नेफ्स्कुनका कार्यक्रम अधिकृत मनोज खडकाले सहजिकरण, स्वागत बचत सघंका उपाध्यक्ष ईश्वर प्रसाद सुबेदीले , धन्यवाद नेफ्स्कुका वयवसाय अधिकृत सुरोज चालिसेले र सञ्चालन बचत सघंका सचिब मिनराज तिमल्सिनाले गर्नू भएको थियो ।
