मनाङको चामेमा राष्ट्रिय स्वतन्त्र पार्टीको तदर्थ समिति गठन

Headlines राजनीति
मनाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको चार वर्षपछि मनाङ जिल्लामा संगठन विस्तार गरेको छ। गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा चामे गाउँपालिकामा तदर्थ समिति गठन गरिएको हो।
चामे गाउँपालिकामा आयोजित कार्यक्रममा तीर्थबहादुर विश्वकर्माको सभापतित्वमा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको सभापतिमा तीर्थबहादुर विश्वकर्मा, उपसभापतिमा सोमराज गुरुङ, सचिवमा पाल्साङ तामाङ र सहसचिवमा सरस्वती विश्वकर्मा चयन भएका छन्।
त्यसैगरी, समितिको सदस्यमा चिजा तामाङ, मनिला गुरुङ र गोपाल घर्ती चयन भएका छन्।
पार्टी संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने क्रममा मनाङको चामे गाउँपालिकामा समिति गठन गरिएको हो। तदर्थ समिति गठनसँगै जिल्लामा पार्टीको संगठनात्मक गतिविधि अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।