कास्की, पोखरा — कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं। ६ (धितल) निवासी नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता राजा राम पौडेलले नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पौडेलले कास्की क्षेत्र नं। ३ बाट महाधिवेशन प्रतिनिधि ९समानुपातिक समूह अन्तर्गत खस आर्य तर्फ० पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।
माछापुच्छ्रे गाउँपालिका(६ धितलको एक मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएका पौडेलले विक्रम संवत् २०५८ सालदेखि नेपाल विद्यार्थी सङ्घ (ने.वि.सङ्घ) बाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। बराहा मावि धितलको इकाई अध्यक्ष भई विद्यार्थी राजनीति सुरु गरेका उनले तत्कालीन कास्की क्षेत्र नं। ३ को नेविसङ्घ क्षेत्रीय कार्यसमिति सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए।
राजनीतिक यात्राकै क्रममा २०६२र६३ को ऐतिहासिक जनआन्दोलनमा उनले सक्रिय र अग्रणी भूमिका निर्वाह गरेका थिए। आन्दोलनका क्रममा २०६२ चैत २७ गते पोखराको सिम्पानी चोकमा तत्कालीन शाही सेनाको निर्घात कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। लोकतन्त्र र प्रजातन्त्रको पुनःस्थापनाका लागि बलिदान र समर्पणको पर्याय बनेका पौडेलले त्यसपछि पनि आफ्नो निष्ठाको राजनीतिलाई निरन्तरता दिए।
नेविसङ्घ जिल्ला कार्यसमिति सदस्य सचिव हुँदै २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा पृथ्वीनारायण क्याम्पस बाट स्ववियु सदस्यका प्रत्याशी उम्मेदवार बनेका थिए। नेपाली काङ्ग्रेसको ११औँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका पौडेलले क्षेत्रीय कार्यसमितिको सदस्य तथा सह-सचिवको रूपमा काम गरिसकेका छन्। त्यसैगरी, १४औँ महाधिवेशनमा उनले क्षेत्रीय सचिव पदमा सशक्त प्रतिस्पर्धा गरेका थिए।
स्थापनाकालदेखि नै नेपाली काङ्ग्रेसको सिद्धान्त, नीति र निष्ठाबाट कहिल्यै अविचलित नभई उनी निरन्तर पार्टी सङ्गठन र समाजसेवामा समर्पित रहँदै आएका छन्। माछापुच्छ्रे वडा नं। ६ धितलका विभिन्न उपभोक्ता समितिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले स्थानीय विकास निर्माणका योजनामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। गाउँको विकास र समृद्धिका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसम्म पहुँच पुर्याई विभिन्न बजेट तथा योजनाहरू ल्याउन उनी सफल भएका छन्।
गाउँ-टोलका हरेक नागरिकको सुख(दुःखको सारथी बनेर सधैँ अग्रपङ्क्तिमा उभिने पौडेल क्षेत्रभित्रका कार्यकर्ता र सर्वसाधारणमाझ सादगी र विकासप्रेमी नेताका रूपमा परिचित छन्।
आफ्नो उम्मेदवारीबारे बोल्दै पौडेलले भने— पार्टीको निष्ठावान् सिपाहीका रूपमा विगत २४ वर्षदेखि निरन्तर क्रियाशील छु। १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं ३ का सम्पूर्ण आदरणीय नेता, कार्यकर्ता र साथीहरूको विश्वास र सहयोग पाउनेमा म पूर्ण विश्वस्त छु। पार्टीको सङ्गठन सुदृढीकरण र जनताको सेवामा थप ऊर्जाका साथ लाग्नका लागि मैले खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको हुँ।
पौडेलको उम्मेदवारी घोषणासँगै कास्की क्षेत्र नं. ३ का काङ्ग्रेस कार्यकर्ता, युवा तथा स्थानीयवासीहरूमा नयाँ उत्साह र तरङ्ग पैदा भएको छ।

