मंसिर ५,हेमजा । हेमजा साहित्य प्रष्ठिानको अगुवाइमा यही मंसिर १८ देखि २० गते सम्म हेमजामा साहित्य महोत्सव हुने भएको छ ।
प्रतिष्ठानको शनिवार २५ न. वडा कार्यालयमा भएको पूर्व तयारी भेलामा ३ दिने महोत्सवको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । जसमा २०८२ मंसिर १८ गते बिहीबार उद्घाटन,हेमजाका महत्त्वपूर्ण धार्मिक,पर्यटकीय एवं विभिन्न महत्त्व बोकेका फोटोहरू प्रदर्शनी, नेपाली वर्ण विन्यास सम्बन्धी गोष्ठी, तथा स्थानीय प्रस्तुतिहरू रहने ।
मंसिर १९ गते बर्तमान समयमा नेपाली आख्यान(परिसंवाद),गीत,गजल उत्सव, वर्तमान समयमा महाकाव्य लेखन (परिसंवाद), मुक्तक उत्सव,नेपाली नाटक र रङ्गमञ्च (परिसंवाद),लधुकथा उत्सव,कविता उत्सब रहनेछन् । अन्तिम दिन मंसिर २० मा भने हेमजामा जन्मेका कवि मुकुन्दशरण उपाध्यायको रथारोहण सहित नागरिक अभिनन्दन,कृति लोकार्पण, अभिनन्दन सहित समापनको हुने साहित्य प्रतिष्ठान उपाध्यक्ष एवं अभिनन्दन मूल समारोह समिति अध्यक्ष छन्दमणि त्रिपाठीले कार्यक्रमका बिच जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै वडा सदस्य एवं कार्यवाहक अध्यक्ष सुभाष भण्डारीले,राष्ट्रिय हेमजा आलु, हेमजा हिले,तथा मौरी महोत्सव हुँदै आएको हेमजामा साहित्य महोत्सव थपिनु भनेको हेमजाको उचाइमा अर्को इट्टा थपिनु हो भन्दै, यसमा वडा तथा महानगरको पनि अपनत्व रहने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सवले हेमजाको उचाइ बढने विश्वासका साथ प्रतिष्ठान प्रति धन्यवाद दिँदै भेलामा उपस्थित साहित्यकार,शिक्षाप्र्मी, पूर्व जनप्रतिनिधि ,विभिन्न सधसंस्थाका प्रमुख एवं प्रतिनिधि,युवा क्लब, टोल विकास समिति, आमासमुह,साथै,समाजसेवी लगायत स्थानीयहरूले सफल पार्न आ–आफ्नो ठाउँबाट महात्वपुर्ण भूमिका रहने प्रतिबद्धता गरे । मुकुन्दशरण,लक्ष्मीशरण तथा जर्नादनशरण जस्ता व्यक्तिले हेमजा चिनाउन खेलेका भूमिका विषयमा पनि धारण राखेका थिए ।


