वैशाख २७, हेमजा । लियो जिल्ला परिषद् ३२५ जे नेपाल अन्तर्गत रहेको लियो क्लब अफ हेमजाले शनिवार १० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले मनीषा के।सी को अध्यक्षतामा लायन वर्ष २०२५।२६को लागि नयाँ कार्य समिति चयन गरेको छ । 
क्लबको प्रथम उपाध्यक्षमा लियो सन्तोष त्रिपाठी , दुतिय उपाध्यक्षमा लियो रुविना कुँवर , तृतीय उपाध्यक्षमा लियो उज्ज्वल त्रिपाठी, सचिवमा लियो दिब्या त्रिपाठी , कोषाध्यक्षमा लियो अस्मिता त्रिपाठी, सहसचिवमा लियो कविता त्रिपाठी र सह कोषाध्यक्षमा लियो अनुप अधिकारी चयन भएका छन् । साथै पब्लिक रिलेसन अफिसरमा ममता दाहाल, महिला सशक्तीकरण संयोजकमा सम्पदा त्रिपाठी, अटिई संयोजकमा अनुषका पाठक, स्वास्थ्य संयोजकमा कुशल अधिकारी, खेल संयोजकमा उत्कृष्ठि दाहाल, प्रचारप्रसार संयोजकमा गोविन्द तिम्सिना र टेमरमा सिमरन थापा, र टेलटुस्टिरमा स्नेह शर्मा निर्वाचित भएका छन् । क्लबको पहिलो बैठकबाट अन्य पदहरूको पदपुति गर्ने निर्वाचित अध्यक्ष के।सीको भनाइ छ ।
२०१५ मा स्थापना भई क्लबले समग्र पोखरा सँगै छिमेकी गाउँपालिकामा सामाजिक एवं नेतृत्व विकास सम्बन्धी क्रियाकलाप गर्दै आएको छ । नव निर्वाचित कार्य समितिलाई लायन क्लव अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ , प्रथम उपाध्यक्ष कृष्णमान श्रेष्ठ, लियो हेमजाका संस्थापक अध्यक्ष सूर्यराज त्रिपाठी, लियो जिल्ला परिषद् ३२५ जे नेपालका निर्वातमान अध्यक्ष एवं लियो हेमजाका पूर्व अध्यक्ष विष्णुप्रसाद दाहाल, विकास त्रिपाठी,सविना तिम्सिना, विजय त्रिपाठी,निराजन अधिकारी र मनोज त्रिपाठी लगायतले आगामी दिनमा क्लबले सामाजिक मात्र नभई सिर्जनात्मक तथा रचनात्मक क्षेत्रमा कार्य गर्न जोड दिएका थिए ।

