“सम्झन्छौ कि भुल्छेउ मायालु” बोलको गीत सार्वजनिक

Headlines राजनीति समाचार

नेपाली लोकसंगीतमा नयाँ सिर्जना ‘ सम्झन्छौ कि भुल्छेउ मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ। यस गीतमा रामजी खाँड र शान्तिश्री परियारको स्वर रहेको छ।

दीपक अधिकारीको संगीत, बिमल बस्तोलाको शब्द, महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन प्रबिन थापाले गरेका छन् भने प्रमुख कलाकारमा उषा सुबेदी, सफल सापकोटा र बिमल लामिछाने लगायतको अभिनय रहेको छ।

गीतले ग्रामीण परिवेश, प्रेम, बिछोड र जीवन संघर्षको भावनात्मक कथा प्रस्तुत गरेको छ।