माछापुच्छ्रे अध्यक्ष कप भलिबल सम्पन्न, पुरुषको उपाधि बौदीकालीलाई, महिलाको एलिट एकेडेमीलाई
पोखरा,चैत्र १४ । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले हात पारेको छ । विजेता बनेको बौदीकालिले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो ।
प्रतियोगितामा सुक्ला गण्डकी नगरपालिका तनहुँले उपविजेता मा नै चित्त बुझायो । सुक्लाले नगद रु १ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । सेमिफाइनल उपविजेता अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद रु २५÷२५ हजार साथमा ट्रफी,मेडल प्राप्त गरे ।
पुरुष तर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी ,सुक्ला गण्डकीका इश्वर सुंवार उत्कृष्ट स्पाई कर, बौदीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर,बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर ,शुक्लाका मदन ठकुरी वेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीका जित बहादुर थापा घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।
त्यसै गरी महिलातर्फको उपाधि एलिट भलिबल एकेडेमीले जित्यो । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो । त्यसै गरी शान्ता भलिबल टे«निङ सेन्टर द्धितिय भई नगद रु ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो । सेमिफाइनलमा उपविजेता बनेको टिम बागलुङ र बागलुङ जौमुनिले नगद रु १५÷१५ हजार प्राप्त गरे ।
त्यसै गरी प्रतियोगीको महिलातर्फ एलिटकी जेनीसा वि.क उत्कृष्ट खेलाडी,शान्ताकी साजना नेपाली उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लकर सलिना गुरुङ र एलिटकी रोस्मिना गुरुङ उत्कृष्ट सेटर, रिक्जना भोटे उत्कृष्ट सर्भर र शान्ताकी पृथ्वी धा उत्कृष्ट डिफेन्डर साथै एलिटकी मलिन रोका उत्कृष्ट प्रशिक्षक घोषित भइन । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।
छोलो तर्फ अशोक पुन प्रथम, सरोज मगर द्धितिय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वना भए । छोलो मा प्रथमले नगद रु १० हजार , द्धितियले नगद रु ५ हजार , तृतीयले नगद रु २ हजार र सान्त्वनाले नगद रु १ प्राप्त गरे ।
पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को खेल संयोजक लेखनाथ लम्सालका अनुसार माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे«–४,लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको हो । प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रे–४, लाहाचोकले र संयोजन माछापुच्छ्रे भलिबल संघले गरेको हो । प्रतियोगिता चैत्र ११ गते देखि १४ गते सम्म चलेको थियो ।
प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी पनि सहभागिता जनाएको कारण प्रतियोगिता थप रौनकता आएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा झाकी, विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको वडा न.४ लाहाचोकका अध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले गरेका थिए ।

