माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४,लाहाचोक कास्कीमा ११ गते देखि जारी चौथोमाछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ ।
बिहीबार भएको महिला भलिबल तर्फको ४ खेल मध्य पहिलो खेल बागलुङ र हिम शिखर बिच थियो तर हिमशिखर आयोजकले तोकेको निर्धारित समयमा खेल मैदानमा उपस्थित हुन नसक्दा बागलुङ समूह एलाई सेमिफाइनलको यात्राको लागि आयोजकले विजय घोषण ग¥यो । दोस्रो खेलमा बागलुङ जैमुनीले एलिट भलिबल एकेडेमी बिलाइ १ को विरुद ३ सेटले पछि पर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न सफल भयो । महिला तर्फको पहिलो सेमिफाइनल खेलमा एलिट भलिबल एकेडेमीले टिम बागलुङलाई सोझो ३ सेटले पछि पादै फाइनल प्रवेश गर्न सफल भयो । दोस्रो सेमिफाइनल खेलमा बागलुङ जैमुनिलाई शान्ता भलिबल टे«निङ सेन्टरले सोझो ३ सेटले पछि पर्दै फाइनल प्रवेश ग¥यो । शुक्रवार महिला भलिबल तर्फ एलिट भलिबल एकेडेमी र शान्ता भलिबल टे«निङ बिच फाइनल खेल हुनेछ ।
विहिवार भएको पुरुष भलिबल तर्फको पहिलो खेलमा बिरुवा र भिमाद बिचको खेल तालिका थियो । भिमाद आयोजकको खेल तालिकामा मैदान उपस्थित हुन नसक्दा बिरुवा लाई आगामी यात्राको लागि सहज जित हात प¥यो । दोस्रो वौदीकालिका गा।पा र आयोजक माछापुच्छ्रे« बिच भएको खेलमा आयोजकलाई सोझो ३ सेटले पछि पार्दै वौदीकालिकाले आगामी यात्रा तय ग¥यो ।
शुक्रवार हुने पुरुष तर्फको पहिलो सेमिफाइनलको खेल बिरुवा गा.पा र शुक्ला न.पा बिच हुनेछ । दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण गा.पा र बौदीकालिका बिच हुनेछ । पहिलो र दोस्रो सेमिफाइनलको विजेता बिच फाइनल खेल हुने पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को खेल संयोजक लेखनाथ लम्सालले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म तालिका तय गरिएको कार्यक्रम विशेष परिस्थितिका कारण भोलि समापन हुने आयोजकको जानकारी छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल रहेको छ ।त्यसै गरी महिला तर्फ प्रथम पुरस्कार ६० हजार , द्धितीय पुरस्कार ३० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई १५÷१५ हजार ट्रफि मेडल रहेको छ ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।

