माछापुच्छ्रे गा.पाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको प्रथम बैठक सम्पन्न ।

शिक्षा

हेमजा । कास्की माछापुच्छ्रे गाउँपाकिा शिक्षा युवा तथा  खेलकुद शाखाले सोमवार पालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू बिच  आ.व २०८२÷८३ को पहिलो बैठक गाउँपालिकाको सभा हलमा सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष मीन ब.गुरुङको प्रमुख अत्यितामा सम्पन्न बैकले आ.व २०८१÷८२ को समीक्षा, २०८२ विशेष शैक्षिक सुधार सम्बन्धमा, चालु आ.व २०८२÷८३ र शैक्षिक सत्र त्रैमासिक परीक्षा, विद्यालयको पछिल्लो अवस्था, समस्या र समाधानका उपायहरूका विषयमा छलफल गरिएको छ । उक्त छलफलले विद्यालयको भौतिक पूर्वाधार  IEMIS अद्यावधिक गर्नु पने समेत निर्णय गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा माछापुच्छ्रे शैक्षिक बुलेटिन २०८२ प्रस्तुत गरिएको थियो । साथै सामुदायिक सिकाइ केन्द्र र गाउँपालिकाको लागत साझेदारीमा उत्पादन भएको पालिका लोगो अङ्कित झोला प्रधानाध्यापकहरूलाई वितरण गरिएको उपाध्यक्ष सिता अधिकारीले मर्दी सेती डटकमलाई जानकारी दिनु भयो ।

शिक्षा शाखा प्रमुख सम्झना पोख्रेल साथै प्राविधिक सहायक विष्णु प्रसाद अधिकारी लगायतले सहजीकरण गरेका थिए ।