रसुवाको सदरमुकाम स्थित धुन्चेमा आगामी माघको पहिलो साताबाट जिल्लाकै सर्वाधिक पुरस्कार राशिको पाँचौँ अकिआस खुल्ला फुटसल प्रतियोगिता २०८१ प्रतियोगिता सञ्चालन हुने भएको छ ।
शैक्षिक,ज्ञानी,बौद्धिक र प्रज्वलित समाज (अकिआस) संस्थाको आयोजनामा “पाँचौँ अकिआस फुटसल प्रतियोगिता” आगामी माघ २ गते देखि ८ गते सम्म सञ्चालन हुने भएको छ।
एक सातासम्म चल्ने प्रतियोगिताको विजेता टिमलाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैया र उपबिजेता समुहलाई १ लाख १ हजार १ सय ११ रुपैया साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने अकिआसका अध्यक्ष निवेश श्रेष्ठले बताउनु भएको छ ।

विभिन्न विदाका उत्कृष्ठ खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ ।


