अनेसास गण्डकीमा देवेन्द्र के.सी.

साहित्य

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र के.सी. निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।

अनेसास नेपाल च्याप्टरले शनिवार पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, कृति लोकार्पण र सम्मानसहितको घोषणा सभा आयोजना गरी समिति घोषणा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सभाको उद्घाटन गर्दै नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि अनेसासले पु¥याएको योगदान अतुलनीय रहेको बताए ।

उनले आफू नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा रहेका बेला अनेसासका केही च्याप्टरका कार्यक्रममा सहभागी भएकोसमेत स्मरण गरे ।वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उल्लेख्य योगदान दिएको बताइन् ।
¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष रूपिन्द्र प्रभावीले साहित्यको उन्नयनका लागि स्थापित संघसंस्थाका बीच सहकार्य र सहयात्रा गरेर अगाडि बढ्दा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।

नवनिर्वाचित अध्यक्ष देवेन्द्र के.सी.ले अनेसास केन्द्रीय समितिको वार्षिक कार्ययोजनानुसार प्रदेश समितिलाई क्रियाशील राख्न प्रतिबद्ध रहने बताए ।

समारोहमा अनेसासका केन्द्रीय सचिव रविन शर्माले प्रदेश समितिले विगतका वर्षमा जस्तै गतिविधि सञ्चालन गर्नेमा विश्वस्त रहेको धारणा राखे ।

समारोहमा केन्द्रीय सदस्य सुमन वर्षा, नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे, वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकले अनेसासका विविध गतिविधिबारे प्रकाश पारेका थिए ।

सोही समारोहबीच अनेसास बोस्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको गजलगायनसमेत रहेको थियो । पन्तले आफ्ना र अनेसासका पदाधिकारीका गजल गायन गरेका थिए । उनलाई तबलामा संगीत प्रशिक्षण केन्द्रका संगीतकार मिलनले सहयोग गरेका थिए ।

विशेष रचनावाचनमा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला अनिल, कोषाध्यक्ष कमला रिसाल, कतार च्याप्टर पूर्व अध्यक्ष प्रेम भट्टराई, अनेसास पोर्चुगल च्याप्टर महासचिव एन.बी. अञ्जानलगायतले रचना प्रस्तुत गरेका थिए ।

समारोहमा देवेन्द्र केसी देवुको मुक्तक सङ्ग्रह दृढ संकल्प र गीति एल्बम देवुको गृह लोकार्पण र कार्यक्रम संयोजक दुर्गाबहादुर शाह बाबालाई पुतलीबजार प्रज्ञा–प्रतिष्ठानको उपकुलपति नियुक्त भएकामा सम्मानसमेत गरिएको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के.सी.ले अनेसासका प्रदेशस्तरमा स्थापना भएका समितिलाई क्रियाशील गराउन गण्डकी प्रदेशबाट शुरु गरिएको बताए ।

कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टर महासचिव रञ्जना निरौला र प्रदेश समितिका महासचिव असफल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *