२० औं लेखनाथ महोत्सव पुस १८ गते देखी

मनोरन्जन साहित्य

लेखनाथ, १७ मंसिर । हरेक वर्ष जस्तै मेलातथामहोत्सवगर्दै ख्यातिकमाएको लेखनाथउद्योग वाणिज्य संघले यहि पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा २७ को तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवकामूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सवगर्दै आएको र विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।

अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलता माजोड, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादितवस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्यपर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको वताए ।

पत्रकार सम्मेलनमा संघकी महासचिव एवं महोत्सवका प्रचार प्रसार संयोजक जानुका पराजुलीले औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधितथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रर्दशनी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादन लगायतको विक्रिएवं प्रदर्शनी महोत्सवको मुख्य आर्कषण रहने वताईन ।

महोत्सवको थपआकर्षणको रुपमा यस वर्ष एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुत गौतम बुद्धको प्रतिमा, नवप्रतिभा खोजि अन्तर्गतःखुल्ला युगलजोडि नृत्य प्रतियोगिता, महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिबृद्धिका लागिःमहिला समुहहरु विच हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिने पराजुलीले वताईन ।

महोत्सवमा जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौलीगित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगिततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरकाचर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्यङ्ग्य) कार्यक्रम, बालउद्यान, खाना महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिईएकोे जानकारी दिए ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सीनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गरिनुपर्ने वताउँदै अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा महोत्सवको मुख्य प्रायोजक रहेको राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापाले संस्थाको सामाजीक उत्तरदायित्व सँगै स्थानिय मेलामहोत्सवको प्रर्वद्धन गरि यस क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने उद्धेश्यले सहकार्य गरिएको वताएकाथिए ।

संघका बरिष्ठ उपाध्यक्ष एवं ममहोत्सवका सह-संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमालिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुणर् भुमिका खेलेको दावी गरेकाथिए । संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप-महासचिव भरत ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीयउत्पादन, विकास र संवृद्धि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ११७ सदस्यीय कार्यसम्पादन समितिएवं ४७ वटा उपसमिति गठन गरिएको छ ।

३३६ स्टल रहने महोत्सवमा अटो प्रदर्शनी स्टल ६, शैक्षिक/ग्रामिण प्रविधिप्रदर्शनी १२, कृषिप्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १०८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खानामहोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन् । संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबार देखि नै खुल्ला गरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर २४ गते देखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागिथपदुई हजार रूपैयाँ उपलव्ध गराइने आयोजकले जनाएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामाहुने महोत्सवको सह-आयोजक माउद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *