उपनिर्वाचनको तयारी पूरा ॥

समाचार

भोली हुने उप निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख र उपप्रमुख एक एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूणर् तयारी पूरा भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । आयोगका प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

 

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशंकर, रुकुम ९पूर्वी भाग० पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।यसअघि जिल्ला समन्वय समिति ओलखढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भूल) तथा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका २को वडा अध्यक्षमा माओवादी केन्द्रका जगत घर्र्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । यस्तै, मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट धधध।चभकगति।भभिअतष्यल।नयख।लउ मा हेर्न सकिने आयोगले जनाएको छ । विहान ७ बजेबाट सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्ने र त्यसपछि मतपेटिका संकलन गरी आवश्यक प्रकृया पूरा गरि गणना थालिने पनि आयोगले जनाएको छ ।-CIN

Leave a Reply

Your email address will not be published. Required fields are marked *