पोखरा, कास्की । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं। ३ बाट पवन भण्डारीले क्षेत्रीय सदस्य ९युवा० पदमा उम्मेदवारी घोषण गरेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका निवासी ३५ वर्षमुनिका भण्डारीले युवा समूहको सशक्त प्रतिनिधित्व गर्दै राजनीतिमा आफ्नो सक्रियता बढाएका हुन्।
विद्यार्थी राजनीतिदेखि नै सामाजिक क्षेत्रमा निकै सक्रिय रहँदै आएका भण्डारीले स्थानीय क्लब तथा संघसंस्थामा मात्र नभई अन्तर्राष्ट्रिय संस्था लियो (LEO)को अग्रपंक्तिमा रहेर कुशल नेतृत्व प्रदर्शन गरिसकेका छन्।
विभिन्न सामाजिक गतिविधिमार्फत उनले कास्की क्षेत्र नं। ३ मा आफ्नो छुट्टै र अनुकरणीय पहिचान बनाउन सफल भएका छन्। युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार हुन् भन्ने सोचका साथ अघि बढेका भण्डारीको यो सक्रियतालाई स्थानीय युवा तथा क्षेत्रवासीले सकारात्मक रूपमा लिएका छन्।
एकताको सम्मान, प्रतिबद्धताको संकल्प, समृद्ध नेपालका लागि सबैको काँधमा काँध मिलाऔूँ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका भण्डारीले निर्वाचनमा आफूलाई भारी मतका साथ विजयी गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्युहरू समक्ष हार्दिक अनुरोध समेत गरेका छन्।

