धवलागिरी हेम्जा समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग

समाचार
पोखरा । धवलागिरी हेम्जा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार सहयोग गरेको छ।
समाजका सचिव चुरा घर्ती मगरले मर्डिसेती डटकमलाई जानकारी दिँदै विपद्को कठिन परिस्थितिमा पीडितहरूको राहत तथा उद्धारका लागि सहयोग गरिएको बताउनुभयो।
पछिल्लो समय धवलागिरी हेम्जा समाजले हेम्जामा आफ्ना सामाजिक गतिविधिलाई थप सक्रिय बनाउँदै लगेको देखिन्छ। विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहभागिता जनाउँदै समाजले आफ्नो सामाजिक पहिचान र सक्रियतालाई थप मजबुत बनाउँदै गएको बुझिएको छ।
विपद्का बेला सहयोग र मानवीय सेवामा हातेमालो गर्दै समाजले सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै स्थानीयस्तरमा समेत सकारात्मक चर्चा हुन थालेको छ।