हेमजा उद्योग व्यवसाय समितिको अध्यक्षमा पुन तिमिल्सिना

Headlines Top Post अर्थ

हेमजा उद्योग व्यवसाय समितिको अध्यक्षमा पुन तिमिल्सिना

हेमजा,माघ २४ । हेमजा उद्योग व्यवसाय समिति पोखरा २५ हेमजाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले मिनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद बास्तोला, महासचिवमा तीर्थराज देवकोटा  ,सचिवमा सुशीला पौडेल बास्तोला, कोषाध्यक्षमा तेज प्रसाद पौडेल, सदस्यमा बलराम पराजुली,  सन्तमान श्रेष्ठ, निराजन अधिकारी, झपट बहादुर नेपाली,   र सृष्टि अधिकारी पौडेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समिति संयोजकमा भीम प्रसाद श्रेष्ठ र सदस्यमा किरण कुमार रञ्जित र धर्मराज पौडेल रहेका थिए ।  साथै अन्य थप ३ सदस्य आगामी वैकठ बाट मनोनीत गरी १३ सदस्य समितिलाई पूर्णता दिने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा –२५, हेमजाका वडा सदस्य कृष्ण बहादुर कँवरले समितिले व्यवसायको हक हितको निम्ति  छोटो समयमा  रचनात्मक काम गरेकोमा समितिलाई धन्यवाद व्यक्त गर्दै वडाको सहयोग र सहकार्य निरन्तर रहने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका अध्यक्ष नेत्र पाणि भण्डारी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाका अध्यक्ष देवीप्रसाद अधिकारी, सल्लाहकार भरतचन्द्र गौतम र व्यवसायी लीला अधिकारीले शुभकामना दिएका थिए  ।

उक्त भोलाले कोषाध्यक्ष सुशीला बास्तोलाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव राजेन्द्रप्रसाद बास्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पारित गर्‍यो ।

मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सुशीला बास्तोलाले र सञ्चालन महासचिव राजेन्द्र बास्तोलाले गरेका थिए  ।