संकल्प सहकारीको १७ औं स्थापना दिवस, संस्कृत मा।विमा सहयोग

Headlines अर्थ

पोखरा ७ मासबारमा रहेको संकल्प बचत तथा ऋण सहकारी स्रस्था लिमिटेडले आफ्नो स्थापना दिवस पोखरा १ भिमकालीपाटनमा रहेको श्री संस्कृत माध्यामिक विद्यालयमा मनाएको छ । एक कार्यक्रमका विच विद्यालयमा रहेका ७० वटुकहरुलाई खाद्यन सहयोग स्वरुप नगद हस्तान्तरण गरेर १७ औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै संस्कृत माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गुरुकुल संयोजक विष्णु प्रसाद अधिकारीले गुरुकुलिय शिक्षामा आधारित संस्कृत मा विमा राज्यको कुनै सहयोग नहुदा यस्तै संस्थागत एवम व्यक्तिगत सहयोगबाट दुरदराजबाट अध्ययनका लागि आएका बालबालिकाको लालनपोषण गर्नु गरेको बताउनुभयो ।
कतिपय सहकारी मुदा उजुरीको जनजालमा फसेको अहिलेको जटिल अवस्थामा पनि संकल्प सहकारीले आर्थिक तरलताका बावजुत सामाजिक उत्तरदायित्व पुरा गर्न संस्कृत माध्यामिक विद्यालय रोजेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न दाताहरुको सहयोग रकमले अक्षयकोष स्थापना गरेको र उक्त कोष मार्फत नै विद्यालय संचालनलाई सहज बनाउदै लाने लक्ष्य लिएको बताउनुभयो ।
कार्यक्रमकै विच रु १० हजार ५ नगद सहयोग वापत आजिवन सदस्यताको प्रमाणपत्र सहकारी संस्थाका कार्यवाहक अध्यक्ष मुकुन्द राज बराल, संस्थापक अध्यक्ष विष्णुहरी बराल, निवर्तमान अध्यक्ष एवम् सल्लाहकारलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सहकारीको तर्फबाट संस्थापक अध्यक्ष विष्णुहरी बराल, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, गुरुकुल यज्ञचार्य रामू पौडेल लगाएत बोल्नु भएको थियो । वटुकहरुको स्वस्ति शान्तिपाठबाट शुभारम्भ गरिएको कार्यक्रममा स्वागत सहकारीका सह सचिव मिना आचार्य र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।