पोखरा । विष्णुपादुका माध्यमिक विद्यालय पोखरा–२५ हेमजा कास्कीको ५७ औँ अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सरकारी विद्यालयमा विद्यार्थी सख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्।
‘हेमजा सहरी क्षेत्र त्यही माथि यो ठाउँ बस्ती विकास भएको ठाउँ हो तर विद्यार्थी दिन प्रतिदिन घट्दो क्रममा छ’ उनले भने, ‘बस्ती विकासको क्रम सँगै विद्यालयमा विद्यार्थी घट्नु पोखरा महानगर पालिकाको लागि थ्रेटको विषय हो ।’
सामुदायिक विद्यालयको स्तरोन्नति हुन सकेन विद्यार्थी सख्याको बढोत्तरी र गुणस्तरको हिसाबले गर्नु पने जे जे परिभाषित हो त्यो गर्न सकेनौ भने अव हामीलाई सङ्कट अवस्था आउने उनको भनाई थियो ।
उनले विद्यार्थी बढाउनका लागि सबै पक्ष सँग बृहत्तर छलफलको विषय बनेको बताए। ‘पोखरामा पढ्ने विद्यार्थीको अवस्था हेर्ने हो भने संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी भन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको खर्च कैयौँ गुना बढी छ’ उनले भने, ‘ त्यस कारण संस्थागत विद्यालयलाई गाली गर्ने हक अव हामीमा छैन। व्यवस्थापकीय पक्षमा सामुदायिक विद्यालय अझै सुधार गर्न आवश्यक देखिएको छ।
पोखरा महानगर पालिका वडा नं। २५ का कार्यबहाक अध्यक्ष सुवास भण्डारीले हेमजा रहेका सामुदायिक विद्यालयको गुणस्तर बुद्धि गर्नका लागि विद्यार्थी सख्या बढाउनका वडा बाट गर्नु पर्ने सहयोग सबै रहने बताए ।
कार्यक्रममा वर्ष शिक्षक सम्मान बाट गीता पुन, सावित्री तिम्सिना, देवी पौडेल वर्ष कर्मचारी सम्मानबाट रुद्र प्रसाद तिम्सिना ‘अर्जुन’, दीर्घ सेवा सम्मानबाट शिक्षक बाबुराम बास्तोला र कार्यालय सहयोगी नरहरि पौडेल दोसल्ला र सम्मान पत्रले सम्मानित भएका छन् ।
कार्यक्रममा विद्यालयमा समाजसेवी, शिक्षा सेवी तथा विभिन्न सङ्घ संस्थाले स्थापना गरेको अक्षयकोषबाट विद्यालयका जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद पौडेलले विद्यार्थी वार्षिक प्रगति प्रतिवेदन र भावी योजना तथा लेखापाल सञ्जु लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विकल्प नेपालका संयोजक रामचन्द्र पौडेल, वडा शिक्षा समिति सदस्य मधुसूदन त्रिपाठी, विद्यालयका पूर्व प्रधानाध्यापक बुद्धि प्रसाद बास्तोला, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण बहादुर नेपाली, धौलागिरि बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल शिव बहादुर रेग्मी, लक्ष्मी आमा समूहकी अध्यक्ष लक्ष्मी कार्की, निवृत्त शिक्षक समुदायका अध्यक्ष झलक राना मगर, विद्यालय व्यवस्थापन समितिका सदस्य तिलक प्रसाद तिम्सिना, विद्यालयका सहायक प्रधानाध्यापक गणेश बहादुर थापा, शिक्षक बुद्धराज पौडेल, यम प्रसाद भण्डारी, लक्ष्मी सुवेदी, सोमनाथ गौतम, विद्यार्थी आयुशा पौडेल लगायतले बोलेका थिए ।

