गण्डकी ट्याक्टर तथा मिनी ट्रक यातायातमा डम्बर ढकाल

समाचार

पोखरा । गण्डकी ट्याक्टर तथा मिनी ट्रक यातायात प्रालि, पोखराको अध्यक्षमा डम्बरराज ढकाल निर्वाचित भएका छन्।

कम्पनीको शनिबार सातौं साधारणसभा तथा चौंथो अधिवेशनबाट ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । ढकाल निर्माण व्यवसायी संघ कास्कीका सचिवसमेत हुन्।

कम्पनीको सञ्चालक सदस्यमा रमेश केसी, अर्जुनराज पँगेनी, धर्मजंग गुरुङ, रामचन्द्र अधिकारी, रामचन्द्र वस्ती, शिरोधर पौडेल, केशव केसी, वसन्तराज आचार्य, काशीनाथ धमला र रमेश थापा सर्वसम्मत् निर्वाचित भए ।

यसअघि, अधिवेशन उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य भरत गिरीले गरेका थिए । उनले व्यवसायीहरुले स्वच्छ प्रतिस्पर्धा गरी अगाडि बढ्न आग्रह गरे । नेपाल इन्स्योरेन्स कम्पनी प्रालिका गण्डकी प्रमुख राजेश श्रेष्ठ, पूर्व अध्यक्ष एवं सल्लाहकार प्रेम थापा, सल्लाहकार नवीनराज बास्तोलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कम्पनीका अध्यक्ष नारायण कोइरालाले प्रगति प्रतिवेदनm अर्थ संयोजक धर्मजंग गुरुङले आर्थिक प्रतिवेदन, दुर्घटना संयोजक एवं वरिष्ठ उपाध्यक्ष डम्बरराज ढकालले दुर्घटना प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा कम्पनीमा आबद्ध ज्येष्ठ व्यवसायी, पूर्व व्यवसायी र व्यवसायीका छोराछोरीमध्ये प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कम्पनी अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुनराज पंगेनीले गरेका थिए ।