मर्दीसेति डटकमले पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश

Headlines पर्यटन
माछापुच्छ्रे मिडिया प्रा.लि द्धारा सञ्चालि मर्दीसेति डटकमले पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरू लिने मौका पाएका छौँ । यो एक वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रूपमा लिएका छौँ । यो छोटो समयमा आम पाठकहरूको विश्वास जित्न सफल भएका छौँ । यसलाई हामीले अर्को सफलता मानेका छौँ । आम पाठकहरूले दिएको माया र विश्वासलाई हामीले हाम्रो ठुलो सम्पत्ति मानेका छौँ । हामीले आर्जन गरेको यति ठुलो सम्पत्तिको श्रेय तपाईँ पाठकहरूमा नै जान्छ ।
सकारात्मक सोच र सही सूचनामा मात्रै लोकतन्त्र संस्थागत हुन्छ भन्ने मान्यतालाई हामीले आत्मसात् गर्दै निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भीकतापूर्वक समाचार सामग्री प्रकाशन गर्ने दायित्वबाट हामी कहिल्यै भाग्ने छैनौँ । समाचार सामग्री प्रकाशन गर्ने क्रममा हामीबाट अनजानमा गल्ती भएको भए माफी माग्दै आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन हामी थप सचेत हुने छौँ ।
अबको हाम्रो प्राथमिकता यो एक वर्ष सम्म लिएको अनुभवलाई थप परिमार्जन गर्दै संवेदनशील बन्दै आम पाठकहरूको चाहनाअनुसारको सामग्रीहरू पस्कनेमा केन्द्रित हुनेछ ।
अन्तमा यो एक वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने आम पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार साथीहरू, कर्मचारी लगायत सबैमा मनै देखि धन्यवाद दिन चाहन्छौँ । हामी चाहान्छै तपाइको सल्लाह र सुझाव नियमित पाउँ । तपाइले दिने सल्लाह र सुझावलाई आत्मसात् गर्दै थप सशक्त बनेर अगाडि बढ्ने प्राण गर्दछौँ ।