हेमजा तीज मेलामा देवीस्थान महिला भजन समूह प्रथम 

पर्यटन

नेपाली महिलाहरूको महान् पूर्व हरितालिका तिजको अवसरमा आयोजित हेमजा तीज मेला २०८२ मा देवीस्थान महिला भजन  समूह प्रथम भएको छ । द्धितिय स्थान कमलजौसी आमा समूह र तृतीय स्थान देउराली आमा समूहले साथै स्नो भ्यु बोर्डिङ स्कुल र देवीस्थान  आमा समूहले सान्त्वना चित्त बुझाए । प्रथम, द्धितिय, तृतीयले नगद रु २००००, १५०००,१०००० र सान्त्वना दुई समूहले नगद रु ५÷५ हजार र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट भेषमुषा तीव्रोकोट आमा समूह, उत्कृष्ट गायनमा  धवलागिरि सचेतनामूलक  आमा समूह, र उत्कृष्ट नृत्य लक्ष्मी आमा समूह र उत्कृष्ट शब्दमा गन्धर्व संरक्षण पाठशालाले प्राप्त गरेको छ  ।

कार्यक्रमलाई सम्बोधन गदै पोखरा महानगरपालिका वडा न।२५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले कला,संकार संस्कृतिको संरक्षण प्रवर्द्धन देखि लिएर हेमजाका हरेक विकास गतिविधिमा महिला तथा युवाको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्नभयो ।

कार्यपालिका सदस्य एवं वडा सदस्य धन पोख्रेल तिम्सिनाले वडा स्तर बाट महिलाहरूको क्षमता विकासका लागि मादल बजाउने, उद्धधोषण तालिम, तालिम देखि लिएर अन्य जीवन उपयोगी कार्यक्रमलाई प्राथाकितामा राखेको बताउनु भयो ।

विष्णुपादुका क्लबका अध्यक्ष वसन्त क्षेष्ठले विष्णुपादुका क्लब, हेमजामा रहेको सम्पूर्ण महिलाहरूसँग सम्बन्धी सघंसस्था,क्लब अथवा महिला सञ्जाल,आमासमुह देखि लिएर हरेक महिलाहरूको सशक्तीकरणका लागि कुनै पनि भौतिक,नैतिक तथा आर्थिक सहयोगका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । क्लबको भवन निर्माणले निरन्तरता पाएको छ ,वडा कार्यालय देखी सम्पूर्ण हेमजाबासीको  एकताले सहज भएको बताउदै आगमी दिनमा पर्न सक्ने विभिन्न समस्यामा यसरी नै हरेक क्षेत्रबाट सहजीकरण लागि अगाडी बइडन अनुरोध गर्नभयो ।कार्यक्रममा विभिन्न पुरस्कारको बिघामा प्रयोजन गर्नुभएका शुभचिन्तकहरूले पनि  शुभकामना दिएका थिए ।

प्रतियोगिताको निर्णायक तर्फ लोक गायक ज्ञानेस्वर सुवेदीको संयोजकत्वमा, गायिका गंगा त्रिपाठी र दुर्गा क्षेत्रीले सहजीकरण गर्नभयो । वाद्यवादन तर्फ सम्मर गायक, सुनिल गायकको समूहले सहजीकरण गरेका थिए।

महिला सञ्जाल हेमजाको आयोजना, विष्णुपादुका क्लबको सह–आयोजना तथा वडा न। २५ हेमजा वडा कार्यालयको विषेश सहयोगमा आयोजित कार्यक्रमको अध्यक्षता महिला सञ्जाल हेमजा, अध्यक्ष अप्सरा तिम्सिनाले, स्वागत गीत बुद्धदेवी कुवरले र शब्द द्वार स्वागत वडा महिला सञ्जाल सदस्य गंगा पराजुली थापाले,सञ्चालन महिला सञ्जाल सचिव उमा भुर्तेल पौडेलले गर्नभयो ।