लायन्स पोखरा समर्पणको निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न

स्वास्थ्य

लायन्स क्लब अफ पोखरा समर्पणले मङ्गलवार कास्की माछापुच्छ्रे गाउँपालिका – २, खाँदरजुङमा अवस्थित बाराही आधारभूत विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शिविरमा बाराही आधारभूत विद्यालय,श्रीकृष्ण महादेव आ.वि. साथै माछापुच्छ्रे मा.विका विद्यार्थी  एवं अभिभावक तथा स्थानीय गरी कुल १७० जना लाभान्वित भए । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग रहेको थियो ।  कार्यक्रममा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क औषधी समेत वितरण गरियो । परीक्षणका क्रममा २ जना मोतिया बिन्दुको समस्या देखिएको थियो । मोतिया बिन्दुको समस्या देखिएका बिरामीलाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल धारिपाटन रिफर गरियो । मोतिया बिन्दुका बिरामीको आवश्यक उपचारका लागि क्लबका पूर्व अध्यक्ष एवं,डिस्ट्रिक्ट डिजाष्टर म्यानेजमेन्ट चिफ उर्मिला श्रेष्ठले आवश्यक आर्थिक सहयोग गर्ने कार्यक्रमका बिच पोषण गर्नुभयो ।

लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष अर्चना कर्माचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा अपत्यारिलो आँखाको समस्यामा देखिन थालेकाले  क्लबले यस्ता  कार्यक्रमलाई प्राथामिकतामा राखेको बताईन ।

क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक शक्ति प्रधानाङ्गले पनि मानव कल्याणमा क्लब लागिपरेको र विद्यालय लागयता अन्य क्षेत्रमा पनि  सहयोग गर्ने गरेको जानकारी गराउँदै विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई कार्यक्रम सफल पार्न सहजीकरण गरिदिनु भएकोमा धन्यवाद व्यक्त गरिन ।

कार्यक्रममा क्लबका भु.पु. अध्यक्षहरू अर्चना प्रधान, उर्मिला श्रेष्ठ, डिस्ट्रिक्ट डिजाष्टर म्यानेजमेन्ट चिफ आभा जोशी, आशा पालिखे, सचिव शान्ता श्रेष्ठ, उपाध्यक्ष अम्बु कर्माचार्य, सुनिता रञ्जित लगायतले थप सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा दृष्टिविहीन कल्याण संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्ग, बि.ब्य.स.का अध्यक्ष सोमबहादुर गुरुङ, टोलबिकास संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।