कास्की बचत संघको तिन दिने अवलोकन भ्रमण

अर्थ समाचार

हेमजा । कास्की बचत तथा ऋण सहकारी संघ द्वारा जेष्ठ १५ देखि १७ सम्मको तिन दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

भ्रमणका क्रममा धादिइ्ग, नुवाकोट र रसुवा जिल्लाको केही ऐतिहासिक महत्वका सम्पदाहरूको अवलोकन साथै विभिन्न असल अभ्यासमा रहेका सहकारी संस्थाहरूका बिच असल सिकाइहरूको आदान प्रदान गरियो । सोहि अवसरमा नुवाकोट दरबार, रसुवागढीको साथै नेपाल र चिनको दशगजा क्षेत्रको अवलोकन गरियो । विकासशील देशको सुरक्षा, चेकजाँचको प्रबन्ध र हाम्रो जस्तो बिकासउन्मुख देशको सुरक्षा प्रबन्ध हेर्दा सारै दया लाग्दो व्यवस्था र अवस्था नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको सहभागिहरुको भनाई छ।

नुवाकोट बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठ, प्रारम्भिक संस्था संगम साकोस, विदुर–४, नुवाकोटका अध्यक्ष लगायत पदाधिकारीहरु सँग सहकारीमा देखिएको समस्या र समाधानका विषयमा छलफल समेत गरिएको थियो ।

यसै गरी धादिइ्ग जिल्लामा रहेको जन कल्याण साकोस बेनिघाट–३, मलेखुमा अवलोकन गरी सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल, संस्थाका अध्यक्ष गिरीराज कँडेल र कार्यकारी प्रमुख कृष्ण कान्त मिश्र लगायत सहकारीकर्मिहरु सँग हालै जारी प्राधिकरणको मापदण्ड प्रति गम्भीर छलफल गरी असान्दर्भिक बुँदाहरू सच्चाउनु पर्नेतर्फ सम्पूर्ण सहकारी कर्मीहरूको ऐक्यबद्धता जाहेर गर्नुपर्ने धारणा रहयो । यसरी नै अन्य विभिन्न कार्याक्रमका विच ३ दिने सहकारी अवलोकन भ्रमण सफल भएको हो ।