इनर व्हिल क्लब अफ पोखराले माछापुच्छ्रे गाउँपालिका-२, खाँदरजुङमा अवस्थित वाराही आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म अध्ययनरत बिद्यार्थिहरुलाई शुक्रवार छालाको जुत्ता, मोजा, झोला, स्टेशनरी,खाद्यान्न, लगायतका सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमको उद्देश्य माथी क्लबका पूर्व अध्यक्ष तारा श्रेष्ठले प्रकाश पार्दै क्लब नितान्त अन्तर्राष्ट्रिय महिलाहरू मिलेर स्थापित सामाजिक संस्था रहेको र यो क्लबको माध्यमबाट समाजका अप्ठ्यारो परिस्थिति परेकालाई आपसमा मिलेर सक्दो सहयोग गर्ने संस्था रहेको उल्लेख गर्नुभयो ।
सोही अवसरमा सिल्दुदेउराली टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर गुरुङले यस किसिमको पवित्र संस्थाले यहाँसम्म आई सहयोग गरिइदिनुभएकोमा हार्दिक धन्यवाद निरन्तर सहयोगको आग्रह गर्नुभयो ।
माछापुच्छ्रे गाउँपालिकाका बोर्ड सदस्य शर्मिला तामाङले राज्यले बालबालिकाहरूको पठनपाठनमा संविधानको मर्म अनुसार दायित्व निर्वाह राज्यले गर्न नसकेको बताउनुभयो ।
विद्यालय प्राचार्य रामप्रसाद आचार्यले सहयोगी संस्था इनर व्हिल क्लब परिवार र सहयोगी दाता लेखबहादुर गुरुङ र उहाँको धर्मपत्नी मनसुबा गुरुङप्रति आभार व्यक्त गदै पालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
ईनर व्हिल क्लबका अध्यक्ष रेश्मा बैध्यले साना साना कामहरूले पनि कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्ने भनाई राख्दै आफ्नो आमाको तर्फबाट स्व। बुबाको सम्झनामा तथा आत्मीय दिदी सावित्री श्रेष्ठको तर्फबाट केही थान स्कुल ब्याग र जुत्ताहरू वितरण गरी बालबालिकाको पढ्न पाउने अधिकारमा मद्दत होस भनी सहयोग गरेका बताउनुभयो। हामीले देख्नुपर्छ सानो सहयोगले कसैको जीवनमा कस्तो गहिरो प्रभाव पार्न सक्छ । यी साना साना नानीहरूको अनुहारमा खुसीको झल्को देख्न पाउनु नै हाम्रो खुसी हो ।
परोपकार भनेको सधैँ ठुलो काम गर्नु पर्छ भन्ने नभई कहिलेकाहीँ सानो सहयोगले कसैको जीवनमा प्रभाव पार्न सक्ने भन्दै कार्यक्रम संयोजक क्लबका सचिव निरु कायस्थ, रश्मि बैध्य सावित्री श्रेष्ठ, रितु कुँवर, पूर्व अध्यक्ष दुर्गा शर्मा, रेखा मर्शानि , डमयान पौडेल लगायत सबै क्लबका सदस्यप्रति र विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिनुभयो ।

