“बालापनका धर्साहरू” कृति लोकार्पण एवं दशरथ केशरी पुरस्कार घोषण

साहित्य
हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा ज्ञानसागर एकेडेमीको व्यवस्थापनमा ८७ औँ पारिजात जयन्ती तथा कविवर एवं प्राज्ञ मुकुन्दशरण उपाध्यायको ८६ औँ जन्मोत्सवको पावन सन्दर्भ आयोजित दशरथ केशरी पुरस्कार घोषण तथा ज्ञानसागर एकेडेमीकी नवोदित कवि आर्या त्रिपाठी द्वारा लिखित प्रथम कविता कृति “बालापनका धर्साहरू” तथा २५९ औँ शुभ प्रभात काव्य माला कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कविवर एवं प्राज्ञ मुकुन्दश्रण उपाध्यायले कार्यक्रमलाई सम्बोधन गदै नेपाली भाषा व्याकरणको चर्चा गर्दै नेपाली राष्ट्रिय भाषाको संरक्षाण गर्नुपर्नेमा जोड दिए  । नवोदित कवि आर्या त्रिपाठी द्वारा लिखित प्रथम कविता कृति “बालापनका धर्साहरू” प्रति धारण राख्दै आर्यालाई धन्यवादका साथ आगामी सहितिक यात्राका लागि शुभकामना पनि व्यक्त गर ।
सोही कार्यक्रमका बिच दशरथ केशरी पुरस्कार घोषण गरियो । उक्त पुरस्कार कोष घोषण कार्यक्रम समय अवधि भित्र एकाघर परिवार तथा विभिन्न सहितिक शुभेछुकहरुबाट रु ४ लाख ४३ हजार ९८ रुपैयाँ सहयोग भएको कार्यक्रमका बिच हेमजा साहित्य प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले जानकारी दिए ।
पत्रकार असफल गौतम र जानसागर एकेडेमी संस्थापक निर्देशक भरतराज अधिकारीले “बालापनका धर्साहरू” कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । देवकृष्ण पौडेलले दशरथ केशरी पुरस्कारको उद्देश्य माथि प्रकाश पारे । छन्दनायक माधव वियोगी, पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकाल,पोखरा–२५,हेमजाका कार्यवाहक अध्यक्ष सुवास भण्डारी,हेमजा साहित्य प्रतिष्ठानका संस्थापक सचिव कोविद शरण उपाध्याय लगायतले सरल भाषामा कृतिले समाजका यर्थाथ विषयमा गम्भीर सन्देश दिएको उनीहरूको धारण थियो ।
नवोदित कवि आर्या त्रिपाठीले शिक्षा सँगै साहित्यलाई निरन्तरता दिने जानकारी दिनै उक्त कृति सहित्यक प्रमीहरुको प्रेरणा  भएको बताइन ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रतिष्ठानका उपाध्यक्ष एवं ज्ञानसागर एकेडेमीका प्राचार्य शंकरमणी त्रिपाठीले, सञ्चालन प्रतिष्ठानकी उपाध्यक्ष छन्दीका त्रिपाठीले गरिन ।