पोखरा, ३ वैशाख । ४ करोड बढीको कारोवारगर्दै १३ औँ राष्ट्रियहेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ ।
गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ उदाहरणे महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए । त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ ।
महोत्सवको अन्तिम दिन बुधबार महोत्सव मूल आयोजक समिति , मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा् आखिझयालको आयोजनामा रक्तदान कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रमको अवसरमा पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, मनिप्लान्ट वचतका अध्यक्ष प्रेमबहादुर कार्की, लायन्स क्लव अफ् पोखरा् आखिझयालका अध्यक्ष जगत पौडेल र हरिप्रसाद शर्मा,प्रादेशिक रक्तसंचारको तर्फबाट अर्जुन ज्ञवाली लगायतले धारणा राख्दै रक्तदानको महत्वमाथि प्रकाश पारे । उक्त रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको मनिप्लान्ट वचतका व्यवस्थापक सिवराम थापाले जानकारी दिए ।
बुधबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आलु महोत्सवहेमजा तथा समग्र पोखरा यदिेत्रकै व्राण्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवद्र्धन गर्न महोत्सव सफल भएको जनाइन् ।पोखरा महानगरले पर्यटन तथा कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै उपप्रमुख गुरुङले पछिल्लोपटक हेमजा कृषि पर्यटनको हव बन्दै गएकोमा खुशी व्यक्त गरिन् ।
उनले आलु महोत्सवले पोखराभ्रमण वर्षलाई सघाएको स्पष्ट पार्दै आर्थिक चलायमान्का लागि मेला महोत्सव गर्दै जानुपर्ने उल्लेख गरिन्।
पोखरा २५ का कार्यवहाक अध्यक्ष सुवाश भण्डारीले आलु महोत्सव समग्र पोखरा यदिेत्रकै महत्वपूर्ण महोत्सव भएको चर्चा गर्दै महोत्सव मार्फत कृषकलाई हौसला मिलेको बताए।उनले कृषि यदिेत्रमा रहेका समस्या समाधानका लागि वडा सचेत रहेको सुनाउँदै पछिल्लो समय हेमजा महोत्सवमय बन्दै गइरहेको पनि औंल्याए ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले आफुले आलु महोत्सवलाई विगतदेखि नरकरम ै नारक ै नारह ैे गर्दै अव नेपालमा कृषि क्षेत्रको पुनःसंरचना गरिनुपर्नेबताए ।उनले नेपालको कृषि अधोगतितर्फधकेलिनु दुःखद् भएको स्पष्ट पार्दै पामत्रे काटै समृद्धिको मार्गमा अगाडि बढ्न सक्ने धारणा राखे ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष डा.कुमार खड्काले मेला महोत्सव सम्पन्न गर्न चुनौतीपूर्ण रहेको सुनाउँदै आलु महोत्सवका संस्थापक प्रति आभार जनाए।
आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मवारी पुरागरेका कारण महोत्सव साले उर्लैफले सामाजिक उत्तरदायित्वपूर्णक्रियाकलापलाईनिरन्तरता दिने प्रतिबद्धता जनाए।
महोत्सव अन्र्तगत भएको रत्यौली गीत प्रतियोगितामा कमलजौंसी आमा समूहप्रथम, अभियान आमा समूह द्वितीय, सिर्जनशील आमा समूहतृतीय तथा हेमजा आमा समूह र तीव्रेकोट आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु. २० हजार, १५ हजार, १० हजार साथै ५ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।
त्यस्तै देउराली आमा समूह उत्कृष्ट भेषभुषा, जगेर्ना सुन्दुरपुरी आमा समूह उत्कृष्ट नृत्य साथै राधाकृष्ण आमा समूह मौलिक गायन प्रस्तुतितर्फ उत्कृष्ट हुँदै पुरस्कृत भए ।
त्यसैगरी कृषि झाँकीतर्फ देवीस्थान भजन समूह पहिलो, नेवाः खल हेमजा दोस्रो, सिर्जनशील आमा समूह सुईखेततेस्रो साथै ओम शान्ति, लक्ष्मी आमा समूह र इन्द्रेणी आमा समूह क्रमश सान्त्वना हुन सफल भएको महोत्सवका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार समान २ हजार प्रदान गरिएके ५।
महोत्सबमा बुधबार कलाकारहरु प्रजापति पराजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, सरला पाण्डे, ज्योति लोहोनी, लक्ष्मण श्री र परशुराम अधिकारीका प्रस्तति रहे।
यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहु,तनुतङ,पाम, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिस पुगेका थिए ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि, मावावरीकाटेरु रोगको निदान गरिएको थियो।
त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ।
महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य धना तिम्सिनाले स्वागत तथा मूल आयोजक समितिका महासचिव थापाले कार्यक्रम संचालन गरे।
