हेमजा युनाइटेडको क्यालेण्डर वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम
पोखरा । युवा एकता र विकासका लागि खेलकुदु भन्ने नाराका साथ स्थापित हेमजा युनाइटेडले २०८२ सालको क्यालेण्डर वितरण तथा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान गरेको छ ।
चैत तेस्रो साता मात्र नवनिर्वाचित भएको समितिले पदस्थापनसँगै पहिलो कार्यक्रम क्यालेण्डर वितरण तथा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा पोखरा २५ वडा कार्यालयका सूचना अधिकारी तथा हेमजा युनाइडेटको पाँचौ अधिवेशनको निर्वाचन समितिका संयोजक इश्वरीप्रसाद बास्तोलाले हेमजा युनाइटेडका नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गराएका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रमका सहभागिहरुले हेमजा युनाईटेडलाई हेमजाबाट खेलकुदको विकास तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा लाग्न जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै हेमजा युनाइटेडका नवनिर्वाचित अध्यक्ष कृष्णमान श्रेष्ठले आफ्नो कार्यकालमा सवल सक्षम र दरिलो पाराले काम गर्दै गर्विलो कार्यकालको ईतिहास रच्ने तरिकाबाट काम गर्ने प्रतिवद्वता जनाए । उनले हेमजाको खेदकुदको विकासका लागि क्यालेण्डरमा संस्थाले निर्धारण गरेको कार्यतालिका अनुसार काम गर्ने र आवश्यकताअनुसार अन्य कार्यक्रमहरु पनि गर्दै जाने बताए ।
हेमजाका जुनसुकै सामाजिक काममा सकृय रुपमा लाग्ने श्रेष्ठले समग्र हेमजाको विकासका लागि हेमजाका सम्पूर्ण संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिवद्वता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा २५ नं। वडा कार्यालयका कार्यवहाक अध्यक्ष सुभास भण्डारीले हेमजा युनाइटेडले अन्तराष्ट्रिय स्तरको खेल सञ्चालन गरेर हेमजालाई चिनाउन उत्कृष्ट काम गरेको बताए ।
उनले हेमजालाई चिनाउने आलु महोत्सव, साहित्य महोत्सव, मौरी महोत्सव जस्तै अब खेलकुदको माध्यमबाट हेमजालाई चिनाउन हेमजा युनाइटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सकोस भन्ने शुभकामना दिए ।
उनले राष्ट्रिय स्तरको खेलाडी बन्न स्थानिय स्तरबाट नै शुरु गर्नुपर्ने भएकोले एकेडेमिक हिसावले खेलाडी उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । एकेडेमी सञ्चालन गर्ने र खेलाडी उत्पादन गर्नको लागि राज्यले खर्च गर्नुपर्ने उनको भनाई छ ।
भण्डारीले स्थानिय वडा तथा पालिकादेखि नै एकेडेमिक हिसावले अगाडि बढेर खेलाडी उत्पादन गर्न सबै लागिपर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा खेलकुदको विकासको लागि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट छुट्याउने आश्वासन दिए ।
संघ सरकारले खेलकुदलाई प्राथमिकता नदिएको गुनासो गरेका उनले २५ नं वडाले पनि खेलको कार्यक्रममा सहयोग गर्ने गरको तर दीर्घकालिन सोचमा अहिलेसम्म नलागेको स्वीकार गर्दै आगामी दिनमा हेमजाका क्लवहरुलाई खेलको विकासका लागि सहकार्य गर्नको लागि आव्हान गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा २५ हेमजाका संयोजक भरतराज अधिकारीले हेमजा युनाइटेडले खेलकुदको छविलाई अगाडी बढाईरहेको र आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउन सकोस भन्ने कामना गरे ।
टोल समन्वय समिति हेमजाका अध्यक्ष दानबहादुर भुजलले हेमजा युनाइटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
महिला सञ्जाल हेमजाका अध्यक्ष अप्सरा तिम्सिनाले नयाँ वर्षले सबैमा सकरात्मक सोचको विकास हुन सकोस भन्ने शुभकामना व्यक्त गरिन ।
हेमजा युनाइटेडका संस्थापक अध्यक्ष विजय के।सी।ले संस्था स्थापनाको स्मरण गर्दै संस्थाले सबैसँग सहकार्य गर्न सुझाव दिए । उनले गैरी खेल मैदानको सञ्चालन र संरक्षणको जिम्मा पाएको हेमजा युनाइटेडले खेल मैदानको भरपुर सदुपयोग गरि खेलकुदको विकास र खेलाडी उत्पादनमा लाग्न जोड दिए ।
मौरी संरक्षण सचेतना अभियानका अध्यक्ष रामचन्द्र सुवेदी खेलकुदलाई अगाडि बढाउन हेमजा युनाइटेडले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
हेमजा युनाइटेडका पूर्वअध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले युवालाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्ने हेमजा युनाइटेडले भविष्यमा विकासका कामहरुमा पनि सकृयता जनाउन सुझाए ।
हेमजा युनाइटेडले आज नै ३० जना खेलाडीहरुलाई अनुवन्ध गरेको छ ।
संस्थाका सहसचिव मनोज त्रिपाठीढले सञ्चालन गरेको कार्यक्रममा संयोजक माधव अधिकारीले स्वागत गरेका थिए ।
