धवलागिरि बोर्डिङ स्कुल हेमजामा पेनाल्टी सुट आउट प्रतियोगिता हुने । 

खेलकुद

हेमजा । पोखरा–२५ हेमजामा स्थापित धवलागिरि बोर्डिङ स्कुल हेमजाले एस ई ई दिएर बसेका विद्यार्थी लक्षित  पेनाल्टी सुट आउट प्रतियोगिताको आयोजना गरेको छ ।

विद्यार्थीहरूमा आपसी भाइचारा कायम गर्दै विद्यार्थी मा रहेको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विघालयका प्रिन्सिपल शिव बहादुर रेग्मीले जानकारी दिनु भयो ।

प्रतियोगिता असार १४ गते शनिवार विद्यालयको प्राङ्गण भित्र रहेको खेल मैदानमा हुनेछ । सहभागिताका लागि दर्ता निःशुल्क रहेता पनि  प्रतियोगितामा सहभागी हुन अनिवार्य रूपमा एस.ई.ई परीक्षा २०८२ को प्रवेश पत्र पेस गर्नुपर्नेछ । प्रतियोगिताका लागि निम्न सर्त लागु हुनेछ ।

उक्त प्रतियोगिताको विजेताले नगद रु १०,००० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले नगद रु ५००० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा उत्कृष्ट गोल रक्ष्कलाई नगद रु २ हजार र ट्रफी प्रदान गरिने छ ।

टिम दर्ता असार १२ गते बिहीबार सम्म गरिसक्नु पर्ने कार्यक्रम संयोजक श्याम बहादुर रेग्मीले जानकारी दिनुभयो ।