चैत्र ९, पोखरा । नेपाली काँग्रेसको भात्रीसंस्था कास्की तामाङ सघंको प्रथम अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ ।
प्रथम अधिवेशनले सूर्य लोप्चन तामाङको अध्यक्षतामा समिति चयन गरेको छ । उपाध्यक्षमा सञ्जय लोप्चन, सचिवमा सञ्जीव घले,कोषाध्यक्षमा सोम लोप्चन तामाङ साथै सदस्यमा कमल तामाङ,हेम तामाङ,अमित तामाङ, निसान तामाङ,सफल तामाङ, ओविन तामाङ, अरुण तामाङ , सञ्जय तामाङ र अमृत तामाङ रहेका छन् ।
जनजाति महासघं गण्डकी प्रदेश सभापति जित गुरुङ, जनजाति महासघं जिल्ला सभापति आस बहादुर गुरुङ जनजाति माहासघं केन्द्रीय सदस्य खेम गुरुङ, काँग्रेस जिल्ला सभापति किस्वर दत्त बराल, काँग्रेस जिल्ला सचिव भानु ढकाल , नगर सभापति राम तामाङ, वडा सदस्य सुजिता स्याङ्बो तामाङ नेत्र कुमार स्याङ्बो तामाङ लगायतको आतिथ्यता रहेको थियो । पर्यवेक्षक भुमिकामा नेपाल् तामाङ सघं केन्द्रीय सभापति राम कृष्ण लामा इन्द्र रहेका थिए ।
पार्वती तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस गण्डकी सभापति शुक्रराज सर्माको प्रमुख आतिथ्ययता रहेको थियो ।
शुभेच्छुकहरुको उल्लेखनिय उपस्थितिमा भब्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको नेत्रकुमार तामाङले जानकारी दिए ।
