चैत्र ९,हेमजा । देवीस्थान सेवा समाज पोखरा–२५,हेमजाले सार्वजनिक सुनुवाइ,आठौँ साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न गरेको छ ।
चौथो अधिवेशनले कृष्णमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । समाजको उपाध्यक्षमा चन्द्रकला पोख्रेल, सचिवमा पुष्पराज तिम्सिना, कोषाध्यक्षमा मोहन भण्डारी,सह–सचिवमा अंजिता भण्डारी तिम्सिना, सदस्यमा निराजन अधिकारी, प्रशान्त खडका,उमा भुर्तेल पौडेल,जमुना तिम्सिना,सुभाष कुवर, र मधु कुमारी दाहाल चयन भए । 
निर्वाचन समितिमा संयोजक भीम प्रसाद श्रेष्ठ र सदस्यमा दान बहादुर भुजेल र भगवती बचगाई रहेका थिए ।
पोखरा महानगरपालिका वडा न.२५ वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तारा वि.क ले देविस्थानले हेमजा हिले महोत्सव लगायत अन्य विभिन्न कार्यक्रमको मध्यम बाट कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महात्वपुर्ण भुभिका खेलेको बताइन । 
कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु प्र.तिम्सिना,विष्णु पादुका क्लब हेमजाका अध्यक्ष वसन्त कुमार श्रेष्ठ,हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठी, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिना, विष्णुपादुका माइथान गुठी व्यवस्थापन समिति अध्यक्ष चूडामणि तिम्सिना,समाजसेवी दान व. भुजेल, महादेव अधिकारी, लगायतले बोलेका थिए ।
कार्यक्रमका बिच समाजका सचिव विष्णु भण्डारीले वार्षिक प्रतिवेद र कोषाध्यक्ष चन्द्रकला पोखरेलले संस्थागत एवं चौथो हिले महोत्सव २०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । भेलाले उक्त प्रस्तुत प्रतिवेदन पारित गरेको छ । 
समाजका अध्यक्ष गुरु हरिशरण पौडेलको अध्यक्षतामा भएको र्काक्रमको स्वागत सह–सचिव अंजिता तिम्सिनाले र सञ्चालन सचिव विष्णु भण्डारीले गरेका थिए ।
