पोखरा महानगरपालिका भित्र सञ्चालित २४१ विद्यालयका १० हजार विद्यार्थीहरू यस वर्षको एसइई परीक्षामा सहभागी हुदैँ।

समाचार

पोखरा महानगरपालिका भित्र सञ्चालित २४१ विद्यालयका १० हजार विद्यार्थीहरू यस वर्षको एसइई परीक्षामा सहभागी हुदैँछन् । महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यका अनुसार ७९ सामुदायिक र १६२ संस्थागत गरी २४१ विद्यालयका १० हजार छात्रछात्राहरू बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षामा सामेल हुन लागेका हुन् ।

कास्कीका ३६ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न लागिएको हो । यी मध्ये ३३ वटा परीक्षा केन्द्रहरू पोखरा महानगरपालिका भित्र रहेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा २ र माछापुच्छ्रे गाउँपालिकामा एउटा परीक्षा केन्द्र तोकिएको छ ।

महानगरपालिका क्षेत्रमा सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भइसकेको छ । पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिनेछन् । संस्कृत वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत र मदरसा तर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १९ गते सम्पन्न हुनेछ ।

देशभरि यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थीहरू सहभागी हुनेछन् ।