फागुन २८,हमेजा । हेमजा युनाइटेड द्धारा आयोजित हेमजा होली कप–२०८१,को तेस्रो दिन ५ खेल सम्पन्न भएको छ ।
बुधवार भएको २९ वर्ष र माथि उमेर समूहको पहिलो सेमिफाइनल खेल साबिक वडा न.९ र साबिक वडा न ७ बिच भएको थियो । उक्त खेलमा १–४ गोल गर्दै वडा न ९ले फाइनलको यात्रा सुनिश्चित गर्न सफल भयो । भोलि वडा ९ र वडा न ६ बिच २९ वर्ष र माथि उमेर समूहको उपाधिका लागि फाइनल खेल हुने छ ।
खुल्ला उमेर समूह साबिक वडा न. ६ र ९ बिच भएको खेलमा २–३ गोल गर्दै वडा न.६ विजय भयो । साथै खुल्ला उमेर समूह साबिक वडा ९ र ३ बिचको खेलमा आयोजकले तोकेको निर्धारित समयमा वडा ३ खेल मैदानमा उपस्थिति हुन नसक्दा वडा न. ९ लाई फाइनल खेलका लागि आयोजकले विजय घोषण ग¥यो । खुल्ला उमेर समूहमा वडा ६ र वडा न.९ भोलि उपाधिका लागि भिडने छन् ।
३९ वर्ष र माथि उमेर समूहको वडा न. ६ र वडा न. १ बिच भएको खेलमा ०–५ गोलको अग्रता कायम गर्दै वडा १ विजय भयो । ३९ वर्ष र माथि उमेर समूहको वडा न. ५ र ८ बिच भएको खेलमा ट्राइव्रेकरमा ३–४ गोल गर्दै वडा न. ५ विजय भयो । भोलि वडा १ र ५ ३९ वर्ष र माथि उमेर समूहको उपाधिका लागि भिडने छन् ।
फागुन २९ गते सम्पन्न हुने टुर्नामेन्टका विजेताले मेडल र खसी प्राप्त गर्ने छन् भने उप–विजेताले मेडल र बोका प्राप्त गर्ने छन् ।


