सिधिङ कप पुरुष भलिबल प्रतियोगिताजारी : आईतवार ७ खेल सम्पन्न

समाचार

फागुन ४ , हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न–९ सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन भएको सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता – २०८१ को पाचौँ दिन ७ खेल सम्पन्न भएको छ ।कालीमाटी र किम्चे विच भएको पहिलो खेलमा किम्चे विजय । नाँयपुल साखु र ठकुरी समाज विच भएको खेलमा ठकुरी समाज विजय । घलेल र लान्द्रुक विच भएको खेलमा लान्द्रुक विजय । सिधिङ र घलेल विच भएको खेलमा घलेल विजय । हाइजुङ र कुलाखेल विच भएको खेलमा हाइजुङ विजय । ठकुरी समाज र ताङलेकोट विच भएको खेलमा ठकुरी समाज विजय र अन्तिम खेल लुम्म्रे र लान्द्रुक विच भएको थियो जस्मा लान्द्रुक विजय भयो ।

माघ ३० गते देखि फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक याम क्षेत्री बताए ।

भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको विच स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु द्धारा बाजागाजा सहितको नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति राखेका थिए ।