अम्बिका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न ।

समाचार

पुष २४ हेमजा ।।कास्की पोखरा महानगरपालिकाा पोखरा–२५, हेमजामा सुईखेतमा अवस्थित अम्बिका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह बुधबार सम्पन्न गरेको छ ।

समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर प्रवक्ता एवं वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले अभिभावकको चासोले नै अम्बिका विद्यालय सफल बन्ने आधार भएको बताए । प्रवक्ता तिमिल्सीनाले देश विकासको प्रमुख आधार शिक्षा भएको धारण राख्दै वडाले आगामि वर्षलाई विद्यालय निर्माण वर्षका रुपमा विकास गर्ने, शिक्षा क्षेत्रमा बजेट बढाउने कार्यक्रमका विच प्रतिबद्धता गरे ।

VIDEO :https://www.facebook.com/Mardiseti/videos/585206027596554

राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक वसन्तराज पौडेलले अम्बिकाले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको चर्चा गर्दै उक्त विद्यालयलाई अग्रणी शैक्षिक संस्थाका रुपमा चिनाए ।

पोखरा महानगरपालिका शिक्षा अधिकृत सोमनाथ भण्डारीले अम्बिकाको शैक्षिक फड्कोले सामुदायिक विद्यालयमा पढाई हुँदैन भन्ने भ्रम चिर्न सफल भएको तर्क गर्दै दिनप्रतिदिन विद्यालयले प्रगति हासिल गर्दै गइरहेको प्रस्टाए।

त्यस अवसरमा पूर्व अध्यक्ष सुवाश भण्डारी, भूतपूर्व प्रधानाध्यापक माधवशरण पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष महादेव अधिकारी, शिशु पोषण अक्षयकोष संस्थापक नेत्रपाणी भण्डारी लगायतले पनि धारणा राखे।उनीहरुले विद्यालय सुधारका लागि महायज्ञ कोसेढुङगा साविक भएको तर्क गर्दै महानगरले विशेष दृष्टि राखेर विद्यालयको स्तरबृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

विद्यालयका अध्यक्ष दिपकबहादुर थापाले विद्यालयमा कक्षाकोठा अभाव रहेको सुनाउँदै निर्माणमा सघाउन महानगरको ध्यानाकर्षण गराए।

प्रधानाध्यापक ओमप्रसाद पौडेलले सबैको साथबाट विद्यालय हालको अवस्थामा आएको चर्चा गर्दै १ देखि ५ सम्मका कक्षाकोठालाई बालमैत्री बनाइनुपर्ने औँल्याए ।उनले बहुउद्देश्यीय सभाहल निर्माणको लक्ष्य सुनाउँदै विद्यालयप्रति अझ बढी चाँसो राख्न अभिभावक समच्छे आग्रह गरे।

कार्यक्रमका बीच आफ्नो विषयमा शत् प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरु प्रअ ओमप्रसाद पौडेल, सप्रअ उपेन्द्र अधिकारी सहित ठाकुरप्रसाद पौडेल, सञ्जुकुमारी शर्मा, रोशन सुवेदी, सुदीप दाहाल, अपार भण्डारी, लीलाधर अधिकारी, आशीष बास्तोला र अञ्जली देवकोटा, वर्ष कर्मचारीतर्फ लेखापाल भरतराज अधिकारी सम्मानित भए ।

त्यसैगरी सर्वोत्कृष्ठ विद्यार्थीको रुपमा रोशन बुढाथोकी, वर्षा पुन र आयुष पौडेल पुरस्कृत भए ।त्यस्तै सहयोगी संस्था नेपाल स्वयम्सेवी रक्तदाता समाज तथा विद्यालय निर्माणमा सहयोग गर्ने तीर्थबहादुर थापालाई पनि सम्मान गरियो।

विद्यार्थी तथा शिक्षकले विभिन्न प्रस्तुति राखेको उक्त कार्यक्रमका शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरियो।त्यस्तै विभिन्न व्यक्ति एवम् संघसंस्थाले सहयोग एवम् अक्षयकोष स्थापना गरे ।

विद्यालयका अध्यक्ष थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रअ अधिकारी, विद्यार्थी रोशन बुढाथोकी, आकृति अधिकारी, निरु विकको समूहले स्वागत तथा शिक्षकद्वय सुदीप दाहाल र तारा आचार्यले संयुक्त रुपमा कार्यक्रम संचालन गरे ।

PHOTO GALLERY LINK

https://www.facebook.com/share/p/18CtrUA3Gk/