लियो ३२५ जे नेपालको वार्षिक पुरस्कार समारोह तथा परिषद बैठक सम्पन्न ।

Headlines समाचार

निराजन अधिकारी

पुष २८ हेमजा । लियो जिल्ला परिषद ३२५ जे नेपालले वार्षिक पुरस्कार समारोह तथा दोस्रो जिल्ला परिषद बैठक शनिवार पोखरामा सम्पन्न गरेका छ । पौष २६ र २७ गते गरि दुई दिन कार्यक्रम सञ्चालन भएको थियो ।

PGM VIDEO : https://www.facebook.com/Mardiseti?ref=embed_page

पुष २७ गतेको समारोहमा निर्वतमान अध्यक्ष लियो विष्णुप्रसाद दाहालले लायन वर्ष २०२३र२४ मा उल्कृष्ट कार्य गर्ने विभिन्न क्लब तथा लियो पदाधिकारी एवं सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेका थिए भने यस वर्षको ६ महिनाका विविध अवार्ड पनि वितरण गरिएको थियो।

कार्यक्रममा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता पनि संचालन भएको थियो। जिल्ला अध्यक्ष लियो सविन भट्टराईको नारा Lead with Smile  विषयक वक्तृत्वकलामा लियो समिती बराल प्रथम, लियो उत्सा भट्टराई दिद्दिय र लियो सिद्दी अग्रवाल तृतीय भएका थिए । निर्णायकको भुमिकामा लियो लायन सुरज कुमार श्रेष्ठ र लियो विष्णुप्रसाद दाहाल रहनुभएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पोखरा महानगर प्रवक्ता तथा २५ नं वडा कार्यालय हेमजाका अध्यक्ष एवं लायन ३२५ जे नेपालका प्रतिष्ठित सल्लाहकार मोतिलाल तिम्सिनाले समाज परिवर्तनमा लियोको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा लियो बहु जिल्ला परिषद ३२५ नेपालका अध्यक्ष लियो अस्मिता आमिछाने, जिल्ला परिषद ३२५ आरका अध्यक्ष लियो ललन महतो, ३२५ एमका अध्यक्ष लियो प्रेमराज तिवारी, ३२५ के का उपाध्यक्ष लियो प्रतिभा श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको दोस्रो दिन जिल्लाका विविध एजेन्डामा छलफल गरि अनुमोदन गरिएको थियो ।समापन सत्रमा प्रमुख अतिथि डिस्टृक गभर्नर लायन मिलन थापाले लायन र लियोको सहकार्य र मायालाई जोड्दै आफ्नो डाइरेक्ट्री वितरण गर्नुभएको थियो भने लायन रामराजा थापाले लियोका हर कार्यमा सङै रहने प्रतिबद्धता व्यक्त गर्नभयो ।

जिल्ला अध्यक्ष लियो सविन भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बालकृष्ण परियार ,संचालन जिल्ला सचिव लियो आशिष थापाले गरेका थिए भने संयोजन पोखराका क्लबहरुको तर्फबाट लियो सहनशिल बरालले गरेका थिए ।

Program Photo Gallery

https://drive.google.com/drive/folders/19mqMywq7dTm39O_2pFahvhy6VpieTGeV?fbclid=IwY2xjawHwxKVleHRuA2FlbQIxMAABHX-N7IbCbShRPlEJZZC0BANJFCgkcEmJauP8fLNWAnQeJ-sfHzYB3SHEjQ_aem_Mj9F0aQnRh6Aysv3XGlbcQ