माघ १ गते सम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा÷महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियता पुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएकाकारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको वताएका थिए ।

उनले महोत्सवमा महिला÷आमा समुहको सहभागीता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको वताएका थिए ।
यस्तै महिला÷आमा समुह परिचालनउप–समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सक्रिय सहभागिता काकारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमहरु सफलभएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताईन ।

रत्यौली कार्यक्रमउप–समितिकी संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगत भएका कमजोरीहरुलाई सुधार गर्दै यसपालीको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर,हाजिरी जवाफ प्रतियोगिताकी संयोजक प्रभाकुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उप–समितिकी संयोजक पार्वती थापा, लगायतले बोलेका थिए ।
महिला÷आमा समुह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक अञ्जली पण्डितले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिईन ।

