पो खरा। छोरेपाटन मावि भूपू विद्यार्थीमञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको ५।
शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगकासदस्य दिपक भण्डारीले उद्घाटन गर्दै विद्यार्थी कालमा पढ्ने र जिवनमा ह ुने सि पसि क्नु पर्ने वताउँदै आँखामा कुनै पनिसमस्या देखिएमा आफै उपचार गर्न भन्दा अस्पतालमा गएर जाँच गरेर मात्र औषधि राख्नु पर्ने वताए।
हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सुकेसी, प्रशान्त भण्डारी, कृष्टिना खड्का, रितिका विक लगायत १७ जनालाईसम्मान गरिएको थियो।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज वराल ध्रुब, मेघनाथ पौडेल, पिटि शिक्षकुदाकु िर, मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी लगायतले वोलेका थिए।



