माछापुच्छे«–२, सार्दिखोलामा वडा अध्यक्ष कप–२०८१, हुने

खेलकुद

 

मंसिर १८, हेमजा ।“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ कास्कीको माछापुच्छे« गाउँपालिका वडा न. २ सार्दिखोलाको आयोजनामा वडा अध्यक्ष कप–२०८१, हुने भएको छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष गणेश आचार्यका अनुसार खेल मंसिर १९ र २० गते गरि २ दिन सम्म निरन्तर सञ्चालन हुने छ ।

प्रतियोगितामा साविक वडा स्तरीय पुरुष भलिबल, ३५ बर्ष माथिको प्रौढ पुरुष भलिबल, टोल स्तरीय रस्साकसी प्रतियोगिता साथै अन्य विभिन्न विधामा खेलकुद हने खेल संयोजक समिर गुरुङले बताए ।

प्रतियोगितामा वडा न. २ भित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।